२०८१ मंसिर १८, मंगलबार
नेपालगन्ज:
नेपालगन्ज भन्सार कार्यालयले अघिल्लो वर्षको तुलनामा चालू आवमा राजश्व सङ्कलनमा उल्लेख्य वृद्धि भएको जनाएको छ । साउनदेखि फागुनसम्मको अवधिमा राजस्व संकलनमा १.३५ प्रतिशतले वृद्धि भएको छ । यस अवधिमा भन्सार कार्यालयले रु ११ अर्ब ५९ करोड राजश्व सङ्कलन गरेको छ भने गत वर्षको सोही अवधिमा रु ११ अर्ब ४३ करोड राजश्व सङ्कलन गरेको थियो ।
चालू आर्थिक वर्षको आठ महिनाको अवधिमा करिब रु सात करोड ८९ लाख मूल्य बराबरको सामान जफत गरिएको छ, जुन अघिल्लो आवको रु दुई करोड १५ लाख बराबरको सामान जफत गरिएकोमा उल्लेखनीय वृद्धि हो ।
फागुनमा १८ अर्ब ७७ करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य राखिएकोमा ११ अर्ब ५९ करोड रुपैयाँ प्राप्त भइसकेको छ, जुन लक्ष्यको ६१.७४ प्रतिशत हो । भारतबाट हुने आयातको हिस्सा ९२.८७ प्रतिशत रहेको छ भने बाँकी ७ प्रतिशत चीन, इन्डोनेसिया र मलेसियालगायतका मुलुकबाट आयात हुने गरेको छ ।
पेट्रोलियम पदार्थ, प्रशोधित चिनी, चामल, आलु, खाना पकाउने तेल, स्टिलको तार, सुपारी, पिउने पानी, एमएस बिलेट, आल्मुनियम, पानको पात र तयारी पोसाकजस्ता प्रमुख वस्तुहरूबाट राजस्वको ठूलो हिस्सा प्राप्त हुन्छ। नेपालले जडीबुटीलगायतका वस्तुभारत निर्यात गरेर आयआर्जनमा योगदान पु¥याउँछ । यसले पेट्रोलियम पदार्थ, प्रशोधित चिनी, चामल लगायतका अत्यावश्यक वस्तुले मुलुकको राजस्व प्रवाहमा महत्वपूर्ण भूमिका खेलेको देखाउँछ ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी