२०८१ मंसिर ७, शुक्रबार
कञ्चनपुर:
कञ्चनपुर महेन्द्रनगरमा समेत कानुन दिवस मनाईएको छ ।बुधबार महेन्द्रनगरमा कानुन दिवस मनाईएको हो ।
‘छितो छरितो न्याय, सबैका लागि न्याय’ भन्ने मुल नाराका साथ उच्च अदालत दिपायल, महेन्द्रनगर इजलास र कञ्चनपुर जिल्ला अदालतले संयुक्त रुपमा दिवस मनाएका छन ।
कार्यक्रममा सरोकारवाला सहभागिहरुले शिघ्र सेवा र निष्पक्ष न्यायका पक्षमा जोडदिएका छन।
पछिल्ला दिनहरुमा अदालतमा विकृती बढिरहेका बेला वास्तविक पीडितले न्याय नपाउने अवस्था सृजना भएकाले निष्पक्ष पहुँच नभएका सेवाग्राहीको न्यायमा पहुँच बृद्धिमा सुझाव दिएका छन ।
नागरिक समाजका अगुवा लिलाध्वज बस्नेतले केही न्यायमूर्तिहरु ठुला महल ठट्याउन मात्रै केन्द्रीत भएकाले न्यायमा सबै जनताको पहुँच नभएको तर्क राखेका छन।
उनले निष्पक्ष न्यायका लागि न्यायमूर्ति अग्रसरमा जोडदिए । उच्च अदालत बार एसोसिएसनका अध्यक्ष भुपेन्द्र विष्टले न्याय सेवा प्रभावकारीमा जोडदिए । जिल्ला बारका अध्यक्ष नरेन्द्र सिहले जताजतै यस्तै होनि भन्ने भाष्य सबैले चिर्नुपर्ने बताए ।
नेपाल बार काउन्सिलका सदस्य प्रकास पाण्डेयले कानुन दिवस कार्यक्रममा वास्तविक न्याय पाएका सेवाग्राहीको अनुभूति सुन्नका लागि ल्याउन सके कानुन थप सार्थक हुने बताए।
कञ्चनपुर प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले प्रभावकारी सेवामा जोडदिए।
कञ्चनपुर जिल्ला अदालतका न्यायाधिश लिलानाथ अधिकारीले न्यायालयमा सुधार गर्नुपर्ने धेरै विषय भएकाले त्यसतर्फ अग्रसर हुनुपर्ने बताए ।
उच्च अदालत दिपायल महेन्द्रनगर इजलासका मुख्य न्यायाधिश दिपेश प्रसाद यावदले न्यायालय जनताका आसा भरोसाका केन्द्र बिन्दुपर्नेमा थप विश्वस्त गराउनुपर्ने बताउँदै निष्पक्ष न्याय सेवाका लागि प्रतिबद्धता जाहेर गरेका छन ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी