२०८१ मंसिर ८, शनिबार
महेन्द्रनगर:
शुक्लाफाँटा नगरपालिका ११ अमरपुरको एक विपन्न परिवारलाई खाट वितरण गरिएको छ । कृष्णपुर नगरपालिकाका नगर प्रमुख हेमराज ओझाले शुक्लाफाँटा ११ का बद्री कोलीको परिवारलाई बिहीबार दुई वटा खाट वितरण गरेका हुन् ।
भुइमै सुतेर रात काट्नुपर्ने अवस्थाको अन्त्यका लागि कोलीको परिवारलाई खुई वटा खाट वितरण गरिएको कृष्णपुर नगरपालिकाका नगर प्रमुख हेमराज ओझाले बताए ।
“भुइमै सुतेर रात काट्नुपर्ने अवस्था रहेछ । सो अवस्थाको अन्त्यका लागि सुत्नको लागि खाट सहयोग गरेको हुँ,”नगर प्रमुख ओझाले भने ।
गरिब,विपन्न परिवारलाई नगरपालिकाले सहयोग गर्दै आएको नगर प्रमुख ओझाले बताए । खाट पाएपछि बद्री कोलीको परिवार खुसी भएको छ ।
उनी लगायत श्रीमती र छोराछोरीकोे मानसिक सन्तुलक समेत ठिक छैन । यसअघि उनको घर मर्मतका लागि समेत सहयोग संकलन गरिएको थियो ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी