२०८१ मंसिर ६, बिहिबार
कञ्चनपुर:
कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–४ का ६ महिने शिशुको मृत्यु भएको छ। ज्वरो आएपछि उपचारका लागि लगिएका शिशु रवि चन्दको मृत्यु भएको हो।
ज्वरो आएपछि उपचारका लागि सोही ठाउँको आरोग्य मेडिकेयर एण्ड डायग्नोस्टिक सेन्टरमा लगिएका शिशुको मृत्यु भएको भन्दै आफन्त ईलाका प्रहरी कार्यालय दोधारा चाँदनी गएका छन्।
चिकित्सकको लापरबाहीले शिशुको मृत्यु भएको पीडित परिवारको आरोप छ। उनीहरुले घटनाको छानबिन गरेर दोषीलाई कारबाही र क्षतिपूर्तिको माग गरेका छन्।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी