२०८१ मंसिर ८, शनिबार
कंचनपुर:
कञ्चनपुरको दोधारा चाँदनीमा रहेको सामुदायिक विपद् व्यवस्थापन समितिहरुको लागी आधारभुत खोज उद्धार तथा प्राथमिक उपचार सम्बन्धी तालिम प्रदान गरिएको छ । दोधारा चाँदनी नगरपालिका, डिसीए नेपाल र नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्युए) को सहयोग र सहकार्यमा दुई दिने विपद् संग जुध्न सामुदायिक विपद् व्यवस्थापन समितिहरुको लागी आधारभुत खोज उद्धार तथा प्राथमिक उपचार सम्बन्धी तालिम प्रदान गरिएको नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्युए) सुद्दढ परियोजनका कार्यक्रम संयोजक राजकुमार सुनारले जानकारी दिनुभएको छ् । दोधारा चाँदनी नगरपालिकाको वडा नं. ९ र १० मा रहेका ३० जना सामुदायिक विपद् व्यवस्थापन समितिका पदाधिकारीहरुलाई तालिम संचालन गरिएको सुद्दढ परियोजनका कार्यक्रम संयोजक राजकुमार सुनारले बताउनुभएको छ् । बाढी आएको बेला जोखिम व्यवस्थापन गर्ने पहिलो कार्य त्यहा बसोवास गर्ने समुदायहरुको हुने भएको हुदा उनिहरुको लागी आधारभुत खोज उद्धार तथा प्राथमिक उपचार सम्बन्धी तालिम प्रदान गरिएको नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्युए) सुद्दढ परियोजनका कार्यक्रम संयोजक राजकुमार सुनारले बताउनुभएको छ् । जगबुडा नदीमा खोज तथा उद्धार सम्बन्धी कृत्रिम नमुना अभ्यास संगै प्राथमिक उपचार सम्बन्धी तालिम समेत गरिने उहाँले बताउनुभएको छ् । नमुना अभ्यासपछि समग्र तालिम र अभ्यासको समीक्षा गरिने कार्यक्रम रहेको बताईएको छ् । दुई दिन दिन सम्म दिईएको खोज तथा उद्धार तालिमबाट आफूले खोज तथा उद्धारका आधारभूत ज्ञान सीप सिकेको र भोलि समुदायमा हुने कुनै पनि किसिमको विपद्को घटना घटेमा आफू आत्मविश्वासका साथ खोज तथा उद्धार कार्य गर्न सक्षम हुने तालिममा सहभागी कुतियाकवर सामुदायिक विपद् व्यवस्थापन समितिका संयोजक टेक बहादुर सुनारले बताउनुभएको छ् । आधारभुत खोज उद्धार तथा प्राथमिक उपचार तालिम बिगतका दिनहरुमा समेत संचालन हुदै आएको र पुनरताजगीको लागी उक्त तालिम भएको उहाँले बताउनुभएको छ् । विपद् पूर्व तयारीका लागि सबै निकायहरु बिच पारस्परिक सहयोग र समन्वय हुन जरुरी रहेको तालिममा औल्याईएको छ् । प्राकृतिक विपद्लाई रोकथाम गर्न नसके पनि पूर्व तयारीको माध्यमबाट विपद्को असरलाई न्यूनीकरण गर्न सकिने र दोधारा चाँदनी नगरपालिकाले पनि विगतको दिनहरुमा बाढी तथा विपद्को अनुभवलाई आत्मसात गर्दै प्रविधिको प्रयोग गरि पुर्व सुचना प्रणालीलाई सशक्त बनाउदै आएको छ् । विपद्को सामना गर्ने पहिलो वर्ग भनेकै स्थानिय समुदाय भएको हुनाले स्थानिय समुदायलाई विपद् प्रति जागरुक बनाउन, विपद् संग सम्बन्धी योजना तथा कार्यक्रम तर्जुमा गर्न तथा विपद्को घटना हुना साथ प्रतिकार्यका लागि परिचालित हुन समुदाय स्तरमा खोज तथा उद्धार कार्यदल गठन गरी खोज तथा उद्धार तालिमको आयोजना गरिएको नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्युए) सुद्दढ परियोजनले जनाएको छ् ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी