२०८१ मंसिर ६, बिहिबार
महेन्द्रनगर:
कञ्चनपुरको महेन्द्रनगरबाट काठमाडौंका लागि हिडेको यात्रुबाहक बस भरतपुर–२९ घुमाउनेमा अनियन्त्रित भई पल्टिँदा १५ जना यात्रु घाइते भएका छन्।
बिहान सवा ७ बजेतिर नारायणघाट–मुग्लिन सडकको घुमाउनेमा बस डिभाइडरमा ठोक्किएको थियो।
शनिवार महेन्द्रनगरबाट काठमाण्डौंका लागि हिडेको सु.प्र.प्र.०२–००१ ख १३३२ नम्बरको बस दुर्घटनामा घाइते भएका मध्ये २ जनाको अवस्था गम्भीर रहेको डिएसपी भेषराज रिजालले जानकारी दिए।
घाइतेहरू १५ जनालाई चितवन मेडिकल कलेजमा उपचारका लागि पुर्याइएको छ। दुर्घटनापछि सडक एकतर्फी सञ्चालन भइरहेको छ।
घाइतेहरुलाई उपचारको लागि भरतपुर लगिएको छ । बसमा आफैँ अनियन्त्रित भई सडकको डिभाइडरमा ठोक्किएर दुर्घटना भएको हो ।
सडक किनारमा लगाइएको बारले छेकेकाले बस त्रिशूली नदीमा खस्नबाट जोगिएको भिडियोमा देख्न सकिन्छ ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी