२०८१ मंसिर ६, बिहिबार
कञ्चनपुर:
कञ्चनपुरमा चाडबाड लक्षित बजार अनुगमन तीव्र पारिएको छ। जिल्ला प्रशासन कार्यालय र स्थानीय तहले चाडबाड लक्षित गरेर अनुगमनलाई तीव्र पारेका हुन।
चाडबाडको समयमा कालोबजारी तथा अखाद्यय वस्तु बिक्री वितरण हुनसक्ने भन्दै नियमित अनुगमन भइरहेको छ। कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी पर्शुराम पोखरेलका अनुसार सदरमुकाम महेन्द्रनगर बजारमा शुक्रबार गुणस्तर विभागसहितको टोलीले बजार अनुगमन गरेको थियो।
अनुगमनका क्रममा भेटिएका अखाद्य वस्तु नियन्त्रणमा लिएर नष्ट गरिएको उनले बताए।
‘पहिलो पटकका लागि सचेत गराइएको छ। अझै नियमित अनुगमन भइरहन्छ, त्यस्तो दोहोरिएको पाइए कारबाहीमा दायरामा ल्याइन्छ,’ उनले भने, ‘कलर प्रयोग भएको अखाद्यय वस्तु नष्ट गरिएको छ।’
महेन्द्रनगरमा केही भारतीयले सञ्चालन गरेको खाजा घरहरु दर्ता नगरेको पाइएकाले दर्ता गर्न सचेत गरिएको उनले बताए। महेन्द्रनगर बजार केन्द्रीत भएको अनुगमन अब अन्य क्षेत्रमा पनि गरिने छ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी