२०८१ माघ २३, बुधबार
कञ्चनपुरको एक स्थानीय सरकारले जनताको हित भन्दा ठुला उद्योगी व्यवसायीको हितमा काम गर्न लागेको पाईन्छ । दोधाराचाँदनी नगरपालिका स्थानीय सरकार अहिले ठुला उद्योगी व्यवसायीको हितमा काम गर्न लागेका हुन ।
दोधाराचाँदनी ३ सुङरखाले टोलमा नगरकै मेयर किशोर कुमार लिम्बु आफैले हस्ताक्षर गरेर ०८१ जेठ १० गतेका दिन सेती महाकाली मिनिरल्स क्रसर उद्योग संचालनका लागि मापदण्ड विपरित दुरी प्रमाणित गरेको भन्दै स्थानीय आक्र्रोसित भएका छन । स्थानीयले गत माघ १८ गते मापदण्ड विपरित विचगाँउबस्तीमा क्रसर खोल्ने अनुमती दिएपछि नगरपालिकामा निवेदन दिएका छन ।
स्थानीयले यसरी मापदण्ड विपरित विच गाँउमा क्रसर उद्योग संचालनका लागि अनुमती दिएको भन्दै खारेजीका लागि निवेदन दिएका हुन ।
स्थानीयले माघ १८ गते दिएको निवेदन माघ २२ मा दर्ता गरेर उक्त निवेदन कार्यपालिका पेश गर्ने आदेश दिएका छन । स्थानीय ईन्द्र बहादुर टेरले मापदण्ड विपरित स्थानीय सरकारले दुरी प्रमाणित गर्न लगाएको बताए । उनले विचगाँउले बस्तीमा यसरी क्रसर उद्योग स्थापना गर्ने मापदण्ड नै नभएको बताए । दोधाराचाँदनी नगरका मेयर किशोर कुमार लिम्बुले पालिकाले आफ्नै प्राविधिक टोली नपठाएरै अन्य सरकारी निकायले प्रमाणित गरेकै आधारमा प्रमाणित गरिदिएको बताए । स्थानीयले पालिकामा निवेदन दिएको विषयमा आफुहरुले लाईसेन्स दिने विषय नभई सघीय सरकारका अन्य निकायले दिने कुरो भएको बताए । ‘उद्योग खोल्नुपर्छ, सबै उद्योगले के सबै प्रकृया पुरा गरेका छन, मेयर भन्छन, ‘आर्थिक सम्बृद्धिका लागि उद्योग खोल्नुपर्छ ।’ विचगाँउबस्तीमा पालिकाले यसरी उद्योगका लागि अनुमती दिएपछि अनेकन शंका उपशंङका उब्जाएको छ ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी
सम्पादक: भूपी उपाध्याय