२०८१ मंसिर ७, शुक्रबार
अराज केशव को पछिल्लो गीत ‘तिमि हेर तेसै राम्री छ्यौ ‘ युट्युबमा अपलोड भएको ३ दिन मा उक्त गीत युट्युबमा ४ लाख भन्दा बढी हेरिएको छ।
उक्त गीत धेरैले रूचाएका छन्। गीतलाई लिएर अहिले धेरै सकारात्मक प्रतिकृयाहरू आइरहेको अराज केशव सुनाउँछन्।
गीतमा उठाइएका विषयलाई दर्शकले मज्जाले ग्रहण गरिदिँदा खुसी लाग्छ,’ उनले भने।
खासमा यो गीत एक नारायण भण्डारी ले चार वर्ष अगाडि नै शब्द कोरी महेश खड्का ले संगीत फुराएका थिए।
‘यो रमाइलो खालको गीत हो। चार वर्षअगाडि नै एक लाइन मोबाइलमा रेकर्ड गरेको थिएँ। पछि त्यसलाई नै जोडेर पूरा गीत ‘बुढी पीडित ग्याङ्ग श्रीमान् हरु चाहन्छन् भन्ने भयो। त्यसरी नै सोचेर यो गीतको विषय छनोट गरें,’ उनले भने, ‘कुनै गीत गर्छु भनेर लागेपछि मेरो टाउकोमा त्यसलाई मात्र बोकेर हिँड्छु। हरेक कुरा गर्दा त्यसबाट गीतमा केही कुरा लिन सकिन्छ कि भनेर सोचिरहन्छु।
यसअघि ‘मेरी लक्षिमा ‘ नामक गीतको प्रस्तुतिकरणको निकै तारिफ भएको थियो।
अहिले आफ्नो ध्याउन्न नै गीतलाई कसरी हरेक हिसाबले पृथक बनाउने भन्नेमा हुने अराज केसव बताउँछन्।
पहिले के चल्छ भन्नेमात्र हुन्थ्यो,’ उनले भने, ‘त्यतिबेला हिट हुनलाई काम गर्थेंन अहिले पनी हिटमात्र हुनलाई काम गर्दिनँ। अहिले जे काम गर्दा मज्जा लाग्छ, जे गर्दा आनन्द आउँछ, त्यो गर्छु।’ अराज केशव
‘मैले नामको भोक ले कहीले काम गरीन । अब मलाई केही पनि कुराले प्रभाव पार्दैन। अहिले मभित्र कसरी राम्रो गर्ने भन्ने ‘कुरामा ध्यान हुन्छ,’ उनले भने। अराज केशव को `तिमी हेर त्यसै राम्री छ्यौ´(बुढी पीडित ग्याङ्ग) चार भाषामा आउने
यो समय सबैको आखामा परेका Rapper तथा गायक अराज केशव ले केही दिनमा `तिमी हेर त्यसै राम्री छ्यौ´(बुढी पीडित ग्याङ्ग) सार्बजनिक गर्ने भएका छन। उनले यस पटक आफुलाई चुनौतीको साथमा यो गीत बजारमा ल्याउन खोजेका हुन्। केहि दिन देखि घरायसी काम मा अलमलिएका अराज ले अब आफ्नो यात्रालाई फेरी निरन्तरता तिर र नयाँ बाटो मा लैजाने भएका छन ।
अराज केशव कै आवाज रहेको उक्त गीतमा रबी चन्द ,पदम राज जोशी,दीपक गिरी ,आशिष बोहरा र राम चन्द्र आदीको को बिशेष भूमिका देख्न सकिन्छ। उक्त गीत मा एक नारायण भण्डारी को शब्द र महेश खड्का संगीत रहेको गीतको भिडियोलाई ARAAJ KESHAV EXPRESS को अफिसियल युट्यब च्यानलमार्फत शुक्रबार टीजर सार्वजनिक गरीएको छ ।
यसको छायांकन अनील के मानन्धर ले गरेका हुन् भने निर्देशक अराज केशव आफै ले गरेका छन् ।
Rapper अराज केशव ले दर्जनौँ म्युजिक भिडियोहरु यसअघि नै सार्वजनिक गरीसकेका छन् । उक्त गीत चार भाषामा आउने र पहिले प्रथमीक्ता मा नेपाली भाषामा सार्वजनिक गरीने केशव ले बताए । साथै यस गितलाई दर्शकले मन पराउने उनको विश्वास छ
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी