२०८१ मंसिर १०, सोमबार
महेन्द्रनगर कञ्चनपुर:
कोरोनाजन्य परिस्थितिमा प्रत्यक्ष रूपमा कार्यक्रम गर्न असहज भयेको अवस्थामा जुम मार्फत संचालित कार्यक्रम प्रतिष्ठानका अध्यक्ष वीरबहादुर चन्द “विश्राम “को अध्यक्षता सम्पन्न कार्यक्रममा पहिलो दिन ५८जना र दोस्रो दिन ४०जनाको सहभागीता रहेको थियो ।गौरा पर्वका विविध पक्षबारे छलफल, जानकारी तथा सचेतना अभिवृद्धि गर्ने उद्देश्यले संचालित कार्यक्रममा योग चौतारी नेपालका लवराज भट्टले प्राविधिक सहयोग तथा सहजीकरण गरेका थिए। कार्यक्रममा प्राज्ञ आर डि प्रभास चटौत, कैलाली जन पुस्तकालयका अध्यक्ष टि एन जोशी,साहित्यकार पञ्चमराज भट्ट, आचार्य घनश्याम लेखक, योगगुरू लवराज भट्ट अतिथि एवम् प्रमुख वक्ता रहेका थिए ।
गुगुल्डि वाङमय प्रतिष्ठानका सचिव जगदीश ओझा तथा सदस्य रमेश पन्त मीतबन्धुले संचालन तथा सहजीकरण गरेको कार्यक्रममा गौरा पर्वका बिबिध विषयवस्तु अठेवाली,फाग, सगुन, लोकगाथा,ठाडो खेल, डेउडा, लोक प्रचलन, शास्त्रीय तथा वैज्ञानिक महत्व बारेमा राज्यलक्ष्मी चटौत, चन्द्रकला पन्त, शिवराज कलौनि,सरस्वती भाट,द्रौपदी चन्द,तीर्थराज भट्ट, लक्ष्मी पन्त, महेश प्र पाण्डेय,दुर्गादेवी ओझा, कविराज भट्ट, प्रिती भट्ट, डा,पदमराज कलौनी, लोकबिक्रम मल्ल, विपिनचन्द्र ओझा, रघुनाथ जोशी, हिरा जोशी भट्ट लगायतका मन्तव्य एवम् प्रस्तुति रहेका थिए।
कार्यक्रमको पहिलो दिन चन्द्रकला पन्त तथा दोस्रो दिन रमेश पन्त मीतबन्धुले कार्यक्रमको औचित्य सहित स्वागत गरेका थिए।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी