२०८१ मंसिर ६, बिहिबार
महेन्द्रनगर । एमाले नेता भीम रावलको गृह जिल्ला अछाममा १२ जनप्रतिनिधिले नेकपा (एस) मा गरे सनाखत गरेका छन् । नेकपा (एकीकृत समाजवादी) पार्टीमा सनाखत गर्ने जनप्रतिनिधिको संख्या अछाममा १२ पुगेको छ ।
शुक्रवार १ र आइतबार ११ जना जनप्रतिनिधिले नेकपा एकीकृत समाजवादी पार्टीमा सनाखत गरेसँगै नेकपा (एस) पार्टी रोज्नेको संख्या १२ पुगेको निमित्त जिल्ला निर्वाचन अधिकारी गजेन्द्र प्रकाश थारुले जानकारी दिए ।
आइतबार साँफेबगर नगरपालिकाका नगर प्रमुख कुल बहादुर कुँवर र उपप्रमुख बिर्मला देवी बुढ्थापाले पनि नेकपा एकीकृत समाजवादी पार्टीमा सनाखत गरेका छन्। नगर प्रमुख कुँवर र उपप्रमुख बुढथापासँगै मेल्लेख र चौरपाटी गाउँपालिकाका ११ जना जनप्रतिनिधिले नेकपा (एस) रहेको भन्दै सनाखत गराएको जिल्ला निर्वाचन अधिकारी गजेन्द्र प्रकाश थारुले बताए ।
यसअघि चौरपाटी गाउँपालिकाका अध्यक्ष हर्कबहादुर साउदले पनि नेकपा (एस)मा रहेको भन्दै जिल्ला निर्वाचन कार्यालय अछाम पुगेर सनाखत गरेका थिए ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी