२०८१ मंसिर ९, आईतबार
महेन्द्रनगर । बेलौरीमा भौतिक उपस्थितिमै विद्यालय सञ्चालन गर्न पाईने भएको छ । बेलौरी नगरपालिकाले भदौ २९ गतेदेखि भौतिक उपस्थितिमै विद्यालय सञ्चालनका नगर क्षेत्र भित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरूलाई परिपत्र गरेको छ ।
आइतबार नगर शिक्षा समितिको बैठकबाट विद्यालय सञ्चालन सम्बन्धी भए गरेका निर्णयहरू सहित परिपत्र गरिएको बेलौरी नगरपालिकाका प्रवक्ता विनोद नेपालीले जानकारी दिए ।
नगर शिक्षा समितिको बैठकले ७ वटा विकल्प सहित भौतिक उपस्थितिमै कक्षा सञ्चालन गर्न सकिने निर्णय गरेको छ । सबै कक्षा र विद्यार्थीलाई एकै समयमा कक्षा सञ्चालन गर्ने वा अलगअलग समय (सिफ्ट) मा अलगअलग कक्षा वा तह सञ्चालन गर्ने विकल्प राखिएको छ ।
यस्तै, विद्यालय खुल्ने तथा कक्षा सञ्चालनको अवधि (घण्टी) छोट्याउने वा अवस्था हेरी तल्लो कक्षालाई पहिले अथवा माथिल्लो कक्षाका विद्यार्थीलाई पछि ( जोखिम र सहजतालाई हेरी) कक्षा सुरु गर्ने वा कुनै दिन केही कक्षा र कुनै दिन बाँकी अरू कक्षा सञ्चालन गर्ने विकल्प दिईएको छ ।
कक्षाका केही विद्यार्थी कुनै दिन अथवा सिफ्टमा सञ्चालन हुने गरी पालैपालो कक्षा सञ्चालन गर्ने वा हप्तामा केही दिन, दिनमा केही घण्टा सञ्चालन कक्षा सञ्चालन गर्ने विकल्प विद्यालयहरूलाई दिइएको छ ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी