२०८१ मंसिर ८, शनिबार
दार्चुलाको दुहुँ गाउँपालिका र व्यास गाउँपालिकामा खाद्यान्न अभाव भएपछि हेलिकोप्टर मार्फत ६० क्विन्टल खाद्यान्न ढुवानी गरिएकोे छ । भदौ १३ गते आएको बाढी र पहिरोका कारण दार्चुलाको व्यास जोड्ने सडक अवरुद्ध बनेपछि उक्त स्थानमा खाद्यान्न अभाव भए पछि नेपाली सेनाको हेलिकप्टर मार्फत सोमवार दुहुँ गाउँपालिका २ मा २० क्विन्टल र व्यास गाउँपालिका २मा ४० क्विन्टल खाद्यन्न ढुवानी गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरिक्षक नरेन्द्र बहादुर चन्दले जानकारी दिएका छन् । दुँहुमा आज बुधवार थप ४० क्विन्टल खाद्यन्न हेलिकप्टर मार्फत पठाईने भएको छ ।
त्यसैगरी, दार्चुलाको व्यास गाउँपालिका–२ मा भारतीय सुरक्षा निकायले तुईनबाट आवतजावत गर्न प्रतिबन्ध लगाउँदा खाद्यान्न ढुवानीमा समस्या भएको भन्दै हेलिकोप्टर ४० क्विन्टल खाद्यान्न ढुवानी गरिएको छ ।
उनका अनुसार चामल, नून, दाल, र खाने तेल र ढुवानी गर्न थालिएको हो । खाद्यान्न ढुवानीका लागि नेपाली सेनोको हेलिकोप्टर दार्चुला पुगेको उनले बताए ।
दुवै गाउँपालिकाको पहलमा सेनाको हेलिकप्टरले उक्त क्षेत्रमा खाद्यन्न ढुवानी गरेको हो ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी