२०८१ मंसिर ६, बिहिबार
महेन्द्रनगर । सुदूरपश्चिममा २ जना मन्त्रीहरुले राजीनामा दिएका छन् । प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाशबहादुर शाह र सोही मन्त्रालयकी राज्यमन्त्री अर्चना गहतराजले राजीनामा दिएका हुन् ।
शाह माओवादी नेतृत्वको प्रदेश सरकारमा सुरुदेखि नै नेकपा एमालेबाट नेतृत्व गर्दै सरकारमा रहेका थिए । सुरुमा आन्तरिक मामिलामन्त्री रहेका शाहले गत जेठमा उक्त मन्त्रालय छाडेर आर्थिक मामिला तथा योजना मन्त्रालय रोजेका थिए । राज्यमन्त्री गहतराज गत जेठमा नियुक्त भएकी थिइन् ।
हाल नेकपा एमाले विभाजन हुँदा शाह र गहतराजले नेकपा एमालेमै रहने निर्णय गरेको बताएका छन् । पार्टी विभाजनपछि एमाले परित्याग गरेर नेकपा (एस) रोज्ने सांसदहरुको संख्या १४ जना पुगेको छ । माओवादी केन्द्र र नेकपा (एस) को बहुमत पुगिसकेको अवस्था र पार्टी विभाजनका पक्षमा सहमत हुन नसकेकाले राजीनामा दिएको एमाले संसदीय दलका नेतासमेत रहेका शाहले बताए । यसअघि दुवैजना एमालेभित्र नेपाल–खनाल समुहमा थिए ।
५२ सदस्य रहेको प्रदेशसभामा बहुमतको लागि २७ सांसद आवश्यक पर्छन् । हाल सत्तासिन माओवादी केन्द्रका १३ र नेकपा (एस) का १४ गरी बहुमत पुग्ने अवस्था छ ।
१४ जना (एस) मा गएपछि एमालेमा रहने सांसदको संख्या सभामुखसहित ११ जना मात्रै रहेको छ । सुदूरपश्चिममा माओवादी नेतृत्वमा नेकपा (एस) का सांसद सम्मिलित सरकार छ ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी