२०८१ मंसिर ९, आईतबार
महेन्द्रनगर । कञ्चनपुरमा अहिले पनि जातिय विभेद कायमै रहेको एक कार्यक्रमका सहभागीहरुले औँलाएका छन् । दलित र सीमान्तकृत समुदायका महिलाहरुका लागि दुई दिने कानुनी साक्षरता तालिमका सहभागीले कञ्चनपुरमा अहिले पनि जातिय विभेदबाट पिडित रहेको बताएका छन ।
दलित महिला संघ(फेडो) कञ्चनपुरले नेपाल दलित समुदायका महिलाको मानव अधिकार प्रवद्र्धन परियोजना अन्र्तगत समूहका सदस्यहरुका लागि २ दिने तालिमा आएका भीमदत्त नगरपालिकाका सहभागीहरुले अहिले पनि जातकै आधारमा बजार क्षेत्रमा कोठा भाडामा पाउन समस्या भएको बताए ।
समाजमा अझै पनि यो वा त्यो रुपमा विभेद र छुवाछुतक अवशेष बाँकी छन्, यद्यपि पहिला जस्तो अवस्था अहिले छैन’ दलित महिला संघकी अध्यक्ष लक्ष्मी बिकले भनीन,‘ अहिले पनि यो कञ्चनपुरको बजार क्षेत्रमा पनि विभेद कायमै रहेको छ भने गाउँघरमा के होला अवस्था एक छिन सोच्नुहोस त ? केही मानिस यो विस्तारै हट्छ भन्ने पनि छन्, तर त्यो विस्तारै कहिले हो भन्ने केही छैन, त्यसैले यसलाई हटाउन यस विरुद्ध सशक्त भएर अघि आउनु पर्छ ।’
समाजमा विभेद पारिएका समुदायले एक भएर आफ्ना पिडा सहेर नबस्न र आवाज शसक्त बनाउनु पर्ने कार्यक्रम संयोजक नरबहादुर औजीले बताए उनले सामाजिक साँस्कृतिक क्षेत्र रुपान्तरणका लागि अघि बढ्नु पर्ने बताए
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी