२०८१ मंसिर ९, आईतबार
महेन्द्रनगर । कञ्चनपुरमा स्थानीय तहका ५१ जना जनप्रतिनिधिले नेकपा (एकीकृत समाजवादी) मा सनाखत गरेका छन् । मंगलबार अन्तिम दिनसम्ममा ५१ जनप्रतिनिधिले समाजवादी रोजेको निर्वाचन कार्यालय कञ्चनपुरले जनाएको छ ।
निर्वाचन कार्यालय कञ्चनपुरका अनुसार पुनर्वास नगरपालिकाका मेयर जीवन थापासहित ११ वडाध्यक्ष र ३९ जना सदस्यले समाजवादी पार्टीमा सनाखत गरेका छन् ।
यस्तै नेकपा (एस)मा सनाखत गरेका ३ जनप्रतिनिधिले सनाखत फिर्ता लिने भन्दै निवेदन दिएका छन् । कृष्णपुर नगरपालिका–३ का वडाध्यक्ष सुरेन्द्र चौधरी, ९ का वडाध्यक्ष छत्र बहादुर महरा र वडा सदस्य हजरसिंह कुवँरले सनाखत फिर्ता लिन आयोगमा निवेदन दिएको हुन् ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी