२०८१ मंसिर ९, आईतबार
महेन्द्रनगर । भीमदत्त नगरपालिकालका मेयर सुरेन्द्र बिष्टले पार्टी फरक पय्रो भन्दै एक जना कर्मचारीलाई जागिरबाट निकालेका छन् । भाद्र १९ गतेबाट नगरपालिकाको ग्यारेजमा जागिरको लागि राखिएका कार्यपालिका सदस्य मदन सेरालाका छोरा भरत सिंह सेरालालाई पार्टी फरकधारको भएकाले जागिर बाट निकालिएको भरतसिंह सेरालाले बताएका छन् ।
माधव नेपालको नेकपा एकिकृत समाजवादी पार्टीमा बुवाले भाद्र २१ गते बेलुकी सनाखत गरेको र २२ गते बिहान मेयर बिष्टका स्वकिय सचिव नरेन्द्र कार्कीले फोन गरेर कार्यालयमा बोलाई नागरिकता मागे अनि पछि अबदेखी काममा नआउनु भनेर पठाएको उनले बताए ।
“यस्मा भिमदत्त नगरपालिका मेयर बिष्टको हात रहेको छ । यति पनि विभेद गर्ने हो मान्छेलाई पार्टी फरक पर्दैमा जागरिबाट नै निकाल्न मिल्छ कहाँको न्याय हो यो ।” भरतले भने, “पहिला पनि आफुलाई लाईसेन्स छैन् भनेर जेसिबि चालकमा नराखेको फेरी पछि लाईसेन्स नभएको अर्काे चालकलाई राखे अहिले आएर पार्टी नै फरक भएर नै जागिरबाट निकालिएको हो मलाई ।”
उनले भने, “जतिबेला बुवा पार्टीमा खुलेका थिएनन् त्यती बेला मलाई जागिर दिएर बुवालाई एमालेमा रोक्न खोज्ने चाल गरे, जब एकिकृत समाजवादी पार्टीमा सनाखत गरे तुरुन्तै जागिरबाट निकाले”
अहिले आएर लाईसेन्स छैन, भनेर निकालेको हो भनिरहँदा पहिला पनि थाहा थियो नि लाईसेन्स छैन भनेर, अनि ग्यारेजमा काम गर्न केको लाईसेन्स चाहिन्छ भरतले भने,
पूर्वाग्रही ढंगले बिभेद पूर्ण क्रियाकलाप भएको छ, यो अक्षम्य तथा बिभेदकारी कार्य भएकाले आफुले न्यायको लागि लडने उनले बताए । यसमा सतप्रतिशत मेयर सुरेन्द्र बिष्टको अहम भुमिका रहेको र पार्टी त्याग गरेको प्रतिसोध साँध्न उनले यो भुमिका गरेको सेरालाले बताए ।
यता, भीमदत्त नगरपालिकाका प्रवक्ता हिमाल चन्दले भरत सिंह सेरालालाई जेशिबी चलाउन र ग्यारेजमा काम गर्न बोलाएको भएपनि चालक लाईसेन्स नभएका कारणले काममा नराखेको हुनसक्ने बताएका छन् । आफु भारत रहेको बेलामा उक्त काम भएकाले धेरै जानकारी नभएको बताए ।
यता, भरतसिंह सेरालाले नगरपालिकालाई आफुसंग लाईसेन्स नभएको जानकारी पहिले पनि थियो,अहिले बनावटी उत्तर दिईरहेको बताए ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी