२०८१ मंसिर ८, शनिबार
महेन्द्रनगर । बैतडीको पञ्चेस्वर गाउँपालिकाले युवाहरुलाई उद्यमी बनाउन बिना धिता सहुलियत कर्जा दिने भएको छ । नेपाल सरकारको कार्यक्रम अनुसार गाउँपालिका भित्रका १६ देखि ४० बर्ष सम्मका युवाहरुलाई सहुलीयत कर्जा दिइने गाउँपालिका अध्यक्ष गोरख बहादुर चन्दले बताउनुभयो । कार्यक्रममा महिला, दलित, बिदेशबाट फर्केका ब्यक्तिहरुलाई प्राथमिकतामा राखिने बताइएको छ ।
बिदेशबाट फर्केका युवाहरुको हकमा भने उमेर हद नरहेको बताइएको छ । राष्ट्रिय युवा परिषद, पञ्चेश्वर गाउँपालिका र नविल बैंक बीच भएको त्रिपक्षीय सहमति अनुसार उक्त कार्यक्रम ल्याइएको गाउँपालिकाले जनाएको छ ।
उक्त कार्यक्रम अन्तरगत युवा परिषद्ले ७ दिनको तालिम दिने, तालिमको खर्च गाउँपालिकाले ब्यहोर्ने तथा नबिल बैंकले ५ देखी १५ लाख सम्मको सहुलियत कर्जा उपलब्ध गराउने बताइएको छ । यसका लागीे गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्द, राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष माधव ढुंगेल र नबिल बैंकका दिगो बैंक प्रबन्धक लिला प्रसाद ओझाले त्रिपक्षिय सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी