२०८१ मंसिर ९, आईतबार
डडेल्धुरामा नेपाली कांग्रेसमा सदस्यतालाइै लिएर भएको किचलो साम्य हुन फेरी समय लाग्ने भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले डडेल्धुरामा देखिएको सदस्यताको विवाद साम्य पार्न केही दिन अधिवेशन सार्ने संकेत पनि गरेका छन् ।
२१ जिल्ला सहित डडेल्धुरामा सदस्यताको विषय नटुंगिएपछि ध्यानाकर्षण गराउन पुगेको नेता रामचन्द्र पौडेल पक्षका नेताहरु सँगको भेटघाटमा देउवाले सदस्यताको विषयमा मिलाउन आफू तयार रहेको बताएका छन् ।‘२१ जिल्लाको क्रियाशील सदस्यता नामावली टुंगिएका छैन् । छानविन समितिले प्रतिवेदन दिए पनि अझै क्रियाशील सदस्यता नटुंगिदा समस्या भएकोबारे सभापतिको ध्यानाकर्षण गराएको नेता अर्जुननरसिंह केसीले बताए ।
कतिपय जिल्लामा दिन नपर्नेलाई सदस्यता दिइएको छ । कति दिनुपर्नेको नाम काटिएको छ । पार्टी अफिसमा धर्ना बस्नुपर्ने क्रम अझै नसकिएको र सभापतिकै जिल्लामा विवाद रहेको भन्दै हामीले ध्यानाकर्षण गरायौं’ नेता केसीले भने, ‘जवाफमा सभापतिले सदस्यताको विषय छिटो मिलाउन आफूले पहल गरिहेको बताए ।
डडेल्धुरामा देखिएको विवाद मिलाउन २५ भदौका लागि तोकिएको वडा तहको अधिवेशन केही दिन पछाडि सार्ने वचन सभापतिले दिनुभएको छ ।’जिल्लाबाट पठाएर वेबसाइटमा प्रकाशित भएको भन्दा अलग र तलमाथि गरिएको सूची जिल्लामा पुगेको भन्दै डडेल्धुरा कांग्रेस सभापति कर्ण मल्लले अधिवेशन स्थगित भएको बताएका छन् ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी