२०८१ मंसिर ८, शनिबार
काठमाडौं । पछिल्लो २४ घण्टामा थप १हजार २ सय ७१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ८ सय ९८ पीसीआर परीक्षणमा १०५८ र ३०४६ एन्टिजेन परीक्षणमा २ सय १३ जना गरी १ हजार २ सय ७१ जनामा संक्रमण पुष्टि भएको हो । बिहीबार थपिएका सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ७४ हजार ५८७ पुगेको छ ।
पछिल्लो २४ घण्टामा संक्रमणमुक्त हुनेको संख्या १ हजार ८ सय ४५ रहेको छ अहिले सम्म ७ लाख ३५ हजार ६ जना संक्रमणमुक्त भएका छन् भने कोरोना संक्रमणबाट १४ जनाको मृत्यु भएको छ । यो सहित अहिले सम्म १० हजार ९सय ३ जनाको मृत्यु भएको छ ।
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या २८ हजार ६ सय ७८ जना रहेका छन् । जसमध्ये २६ हजार ८ सय ८६ जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार ७ सय ९२ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ४ सय ५८ जना आईसीयू र १ सय ३९ जना भेन्टिलेटरमा उपचाररत् छन् ।
यस्तै १० वर्ष मुनिका ३२ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका १०५ जनामा कोरोना संक्रमण देखिउको मन्त्रालयले जनाएको छ ।
कुन जिल्लामा कति संक्रमित थपिए ?
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा ३२९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै मोरङमा ७७, झापामा ७६, सुनसरीमा ७५, ललितपुरमा ६७, कास्कीमा ५२ जनामा कोरोना संक्रमण देखिएको छ भने चितवनमा ४०, भक्तपुरमा ३७, रुपन्देहीमा ३०, कैलालीमा २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
मकवानपुरमा १६, सिरहा र गोरखामा १३÷१३ जना, सुर्खेतमा १२, नवलपरासी पुर्वमा ११ र बागलुङ र बाँकेमा १०÷१० जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी