२०८१ मंसिर ९, आईतबार
महेन्द्रनगर:
कञ्चनपुरमा नेपाली कांग्रेसका सबै वडा अधिबेशन सम्पन्न भै सकेका छन । वडा बाट नगर र जिल्ला अधिबेशनका लागी प्रतिनिधी छनौट भैसकेका छन । यतिबेला कांग्रेसको बेदकोट नगरपालीकामा सम्मेलनका लागी छानिएकामा अधिकांश नयाँ अनुहारका नेता कार्यकर्ता आएका छन् ।
यसै बिच बेदकोट नगरपालिका नगर सचिवका लागी कञ्चनपुर जिल्लाकै सबै भन्दा कान्छा उम्मेदवार प्रदिप पालले उम्मेदवारी दिएका छन । पाल उमेरले ३१ वर्ष मात्रै पुगेका छन । सरल र मिजासिला स्वाभाभ भएका पाल बेदकोट नगरपालिका वडा नम्बर ९का स्थायी बासिन्दा हुन । बिभिन्न सामाजिक सघ संस्थामा सामाजिक योगदान गदै आएका पाल नेपाली कांग्रेस बेदकोटको नगर सचिव पलका लागी उम्मेदवारी दिएका हुन । युथ भ्वाईस, हेल्पिङ्ग हेन्डस, विई केयर लगायतका बिभिन्न संंघ संस्थाका सदस्य हुदै पदाधिकारी रहेका छन ।
पेशाले सञ्चारकर्मी समेत रहेका पाल अब राजनितीमा होमिने बताउछन । “नेपाली कांग्रेसको विरासतअनुसार आफ्ना वडावासीको सपना पुरा गर्नका लागि म यहाँ होमिएकी हुँ । मेरो कुनै सर्त वा लाभ भन्ने होइन । राजनीति नै सबै नीतिको मूल नीति हो त्यहि अनुसार राजनीतिक यात्रा गरेर मात्रै म गाँउको सेवा गर्न सक्छु भनेर राजनितिमा लागेको हो ।” उनि भन्छन । आफुले नगर सचिवमा निर्वाचित भए बेदकोटका सबै क्रियाशील सदस्यलाई मिलाएर लैजाने बताउछन । स्थानिय सबै राजनीतिक दलसँग सहकार्य गर्दै गाउँका, वडाका समस्या समाधानका लागि आवश्यक पहल गर्छु । बेदकोटको विकास निर्माणका कुरा होलान्, स्थानीय सरकारसँग सहकार्य गरेर अघि बढछु । अन्य पार्टीका नगर सभापति, जिल्ला सभापति मार्फत पनि वडाको विकासका लागि पहल गर्न लागिपर्ने उनले बताए । बेदकोटको विकासमा दत्तचित्त भएर लाग्नेछु । समस्या समधानका लागि सरोकारवाला निकायसँग माग गर्ने, वडामा भएको योजना, कार्यक्रम मार्फत यस क्षेत्रमा काम गर्ने र समग्र रुपमा भन्दा यहाँको विकास गर्ने कार्यमा सहभागि रहने उनले बताए ।
यहि भाद्र २७ गते हुने नगर अधिबेशनका मतदाताका घरमा घरदैलो गरीरहेका पाल आफु युवा भएका कारण अबको नेतृत्वमा युवाको सहभागीता महत्वपुर्ण रहने बताउछन । बेदकोटमा १६१ जना मतदात रहेका छन भने नगर सचिवका लागी ५ जनाको उम्मेदवारी परेको छ ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी