२०८१ मंसिर ८, शनिबार
महेन्द्रनगर । कञ्चनपुरमा पत्रकार हूँ भन्दै २५ हजार ठगीगर्ने २ जनालाई म्याद थप गरि अनुसन्धान अगाढी बढाईएको छ । नाईस टेलिभिजनको पत्रकार भन्दै वुधवार बेलुका महेन्द्रनगरबाट प्रक्राउ परेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले म्याद थप गरी कारवाहि प्रकृया अघि बढाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
शुक्रवार म्याद थप गरी अनुसन्धान अगाडि बढाएको र उनीहरु माथि अपराधिक लाभ ऐन अन्र्तगत मुद्धा चलाईएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सिद्धराज न्यौपानेले बताए । बुधबार बेलुका नाईस टेलिभिजनका कैलाली संवाददाता गोविन्द विसी र सन्तोष भट्टलाई महेन्द्रनगरबाट अबैधरुपमा रकम अशुलेको आरोपमा प्रक्राउ गरेको थियो ।
भीमदत्त नगरपालिका महेन्द्रनगर बजारको गल्ली नम्बर ४ स्थीत साई मोवाईल केयरबाट विसी र भट्टले दुई मोवाईल पावर र्बैक सहित नगद २५ हजार अशुलेको आरोप छ ।
धनगढीमा पनि ठगी
पक्राउ परेका दुबैजनाले धनगढीको एक पसलबाट समेत ठगी गरी रकम असुलेको खुल्न आएको छ । धनगढी बसपार्कमा रहेको शिव पार्वती ट्रेड एण्ड सप्लायर्सबाट भदौ २३ गते राजश्व अनुसन्धानका कर्मचारी हौँ भन्दै ७९ हजार असुल गरेको खुलेको हो ।
तीन लाख नगद माग गरेको र बार्गेनिङ गरेर ७९ हजार असुल गरिएको पसल सञ्चालक शैलेन्द्रकुमार गुप्ताले बताए ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी