२०८१ चैत्र २८, बिहिबार ० : १३ : ४९
महेन्द्रनगर । भदौ ३० गतेबाट संचालन हुने कक्षा १२ को परिक्षामा सहभागी हुने दार्चुला जिल्लाका दुई हजार बढी परिक्षार्थीहरुलाई कोरोना विरुद्धको खोप लगाइदै छ ।
स्वास्थ्य कार्यालय दार्चुलाका अनुसार आइतबार बाट भदौ २९ गते सम्म अमेरिकामा उत्पादन भएको कोरोना विरुद्धको एस्ट्राजेनिका खोप उनीहरुलाई लगाइदै छ ।
जिल्ला भरीका १८ वर्ष माथिका कक्षा १२ को परिक्षामा सहभागी हुने दुई हजार बढी परिक्षार्थीहरुलाई कोरोना विरुद्धको खोप लगाइने स्वास्थ्य कार्यालय दार्चुलाका खोप सुपरभाईजर विरेन्द्र भट्टले जानकारी दिए ।
स्थानिय तहहरुको समन्वयमा परिक्षार्थीको तथ्याङक संकलन गरी संख्याको आधारमा खोप केन्द्रमा कोरोना विरुद्धको खोप पठाएको उनले बताए। कक्षा १२ को परिक्षामा सामेल हुने दुई हजार बढी परिक्षार्थीलाई प्रवेशपत्रको आधारमा जिल्लाका ९२ खोप केन्द्रहरुबाट उनिहरुलाई खोप लगाइदै छ ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
paschimaaja@gmail.com
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी
सम्पादक: भूपी उपाध्याय