२०८१ मंसिर ९, आईतबार
महेन्द्रनगर । नेकपा एमाले विभाजन भएपछि पहिलो पटक सोमबार धनगढीमा बसेको संसदीय दलको बैठकले नेकपा एकीकृत समाजवादीले सुदूरपश्चिम प्रदेश सरकारलाई समर्थन दिने निर्णय गरेको छ । माओवादी केन्द्रको नेतृत्वमा रहेको प्रदेश सरकारलाई समर्थन दिने निर्णय गरेको हो ।
प्रदेशसभा सदस्य दुर्गा विकले ज्येष्ठ सदस्य बलबहादुर सोडारीको अध्यक्षतामा बसेको पहिलो बैठकले प्रदेश सरकारलाई समर्थन दिने निर्णय गरेको जानकारी दिइन् । विकले संसदीय दलको विधान बनाउनका लागि तीन सदस्यीय समिति समेत गठन गरिएको पनि बताइन् ।
यसैगरी एकीकृत समाजवादीलाई प्रदेशसभाको सबैभन्दा ठूलो दल बनाउन भूमिका खेल्ने सबैलाई धन्यवाद दिएको छ । संसदीय दलको नेता चयनका सम्बन्धमा बैठकमा सामान्य छलफल भए पनि टुङ्गोमा पुग्न नसकेको बताइएको छ । संसदीय दलको विधानलाई पूर्णता दिएपछि मात्र दलको नेता, प्रमुख सचेतक, सचेतक र संसदीय दलका पदाधिकारी चयन गर्ने समझदारी भएको सांसद विकले बताइन् ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी