२०८१ मंसिर ९, आईतबार
महेन्द्रनगर :
कञ्चनपुरमा कालोबजारी मौलाउँदै गर्दा स्थानीय तह र प्रशासन मुखदर्शक बनेका छन् । चाडपर्व नजिकिदै गर्दा बजारमा व्यापारीहरुले एकै सामानको मुल्य फरकफरक लिएर सामानहरु बिक्रि गरिरहेका छन् । आम सर्बसाधारणहरुले बजारमा दैनिक उपभोग्य सामानहरुको बढी मुल्यमा खरिद गर्नु परिरहेको छ । संघीय संरचनामा बजार अनुगमन गर्ने जिम्मा स्थानीय तहको हो । चार महिनाको एकपटक स्थानीय तहले बजार अनुगमन गर्नुपर्ने प्रावधान छ । स्थानीय तहका उपाध्यक्ष र उपप्रमुखलाई अनुगमन प्रमुखको जिम्मेवारी तोकिएको भएपनि कञ्चनपुरमा भने सबै मुखदर्शक बनेको स्थानीयको आरोप रहेको छ । २ वटा गाउँपालिका र ७ वटा नगरपालिका गरी ९ वटा स्थानीय तह रहेको जिल्लाका कुनै पनि पालिकाले नियमानुसार बजार अनुगमनमा चासो देखाएका छैनन् । स्थानीयको दुखेशो देखाउनको लागि मात्रै बजार अनुगमन गर्ने गरेको भीमदत्त नगरपालिका १८ का स्थानीय सन्तोष भण्डारीले बताए । ‘अनुगमनमा आउदै छौँ है, भनेर पहिले नै खबर हुन्छ व्यापारीहरुलाई’ उनले भने, ‘अनि त्यस्तो अनुगमन पनि किन गर्नु पय्रो जो देखाउनको लागि मात्र हुन्छ अनि सानातिना व्यापारीहरुलाई दुख मात्र दिने ठुला व्यापारीहरु संग सेटिड्ड गर्ने’। ‘बजारमा कस्तो अचम्म छ भने एउटै सामान खरिद गर्न गयो भने पसलै पिच्छे दर फरक पाईन्छ’ अर्का स्थानीय कृष्णप्रशाद अवश्थीले भने, चिनी,तेल, सोडा साबुन ग्याँस जे किने पनि दुई चार पसलमा सोध्नुहोस तर्पाईलाई एउटै सामानको मुल्य फरक फररक भनेर बेचिरहेका हुन्छन् । फरक फरक छ दरभाउ अनि के मुख हेरेर बसेको त अनुगमन गर्ने निकाय । बजारमा कालोबजारी मौलाएको अवस्थामा समेत स्थानीय सरकारले अनुगमनको जिम्मेवारी पुरा गर्न नसकेको स्थानीयको उनले बताए । एकातिर अधिकतम खुद्रा मुल्य भन्दा बढी तिरेर महंगोंमा सामान किन्नुपर्ने बाध्यता छ भने अर्कोतिर म्याद नाघेका अखाद्य बस्तुहरु समेत बजारमा बिक्रिवितरण हुने गरेका छन् । वडा अध्यक्षको भनाई कञ्चनपुरको प्रमुख बजार भीमदत्त नगरपालिका ४ मा रहेको छ वडा नम्वर ४ का अध्यक्ष लक्ष्मीदत्त बोहराले अबको केही दिन भित्रै जिल्ला प्रशासन संग समन्वय गरी असोजको पहिलो हप्ता देखी नै अनुगमन गरिने बताए । यता, वडा नम्वर १८ का वडा अध्यक्ष राजेन्द्र पाण्डेयले अनुगमनका अध्यक्ष नगरप्रमुख भएकाले पछिल्लो समय अनुगमनको कार्य सुस्त रहेको बताए । ‘आफनो जिम्मेवारी अधिकारको सम्बन्धित निकायले भरपुर प्रयोग गर्नु पर्ने हो ।’ उनले भने, ‘खै त, अधिकारको प्रयोग गरेको ? उपभोक्ताहरु सबै मारमा परेका छन् । यसको सम्बन्ध्ति निकायमा समन्वय गरी उपभोक्ताहरुलाई गुणस्तरिय तथा सस्तो सुलभ मुल्यमा सामान खरिद गर्ने वातावरणको निर्माण गरी कालोबजारी गर्नेलाई कार्वाहीको दायरामा ल्याईनु पर्ने बताए । जिल्ला प्रशासन कार्यालयको भनाई यता, कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी अशोककुमार भण्डारीले पछिल्लो समय बजार अनुगमनको जिम्मा स्थानीय तहलाई दिईए पनि अन्य कार्यालयको पनि उपश्थिती रहने गरेकाले स्थानीय तहले बजार अनुगमनका लागी अग्रसरता देखउनु पर्ने बताए । अहिले प्रशासनमा प्रयाप्त कर्मचारी नभएकाले पनि बजार अनुगमनमा जानको लागी समस्या हुने गरेको बताए । साथै कुनैपनि उपभोक्ता ठगिनु भएको छ , म्याद गुर्जेका सामान बिक्रि वितरण भएको छ, कालोबजारी भएको थाहा पाउना साथ प्रशासनमा सम्पर्क गर्न आग्रह गरेको उनले बताए । सुचना दिनेको सम्पुर्ण कुरा गोप्य रहने भएकाले उपभोक्ताले आफु ठगिएको थाहा पाउना साथ अथवा आफु बसेको कुनै पनि पसलले मुल्य बढी लिने ठग्ने गरेको भए खबर गर्न सहायक प्रमुख जिलला अधिकारी भण्डारीले आग्रह गरे ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी