२०८१ मंसिर ९, आईतबार
ममहेन्द्रनगर :
कञ्चनपुरमा एम्बुलेन्सले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । बुधवार बिहान ६ बजे कृष्णपुर नगरपालिका –५, का ४५ वर्षीय कृष्ण बहादुर ऐरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता डिएसपी शिद्धराज न्यौपानेले बताएका छन् । पूर्व पश्चिम राजमार्गमा अत्तरियाबाट महेन्द्रनगर जाँदै गरेको म १ च २८८ नम्बरको एम्बुलेन्सले दुध बोकेको साइकललाई ठक्कर दिएको थियो ठक्करबाट गम्भीर घाइते भएका साइकल चालक कृष्णपुर –५ ऐरलाई उपचारका लागि धनगढीस्थित माया मेट्रो अस्पताल ल्याइएको र त्यसपछि सेती प्रादेशिक अस्पताल रेफर गरिएका उनको बिहान सवा सात बजे तिरको समयमा मृत्यु भएको थियो । दुर्घटनापछि स्थानीयले बिहानैदेखि सडक समेत अवरुद्ध गरेका छन् । एम्बुलेन्स बाँस्खेडा ऐरी रेडक्रस उपशाखाको रहेको र चालक भीमदत्त नगरपालिका –१६ का ४० वर्षीय गणेश विष्ट इलाका प्रहरी कार्यालय गुलरियाको नियन्त्रणमा रहेको बताइएको छ ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी