२०८१ मंसिर ९, आईतबार
महेन्द्रनगर । कञ्चनपुरमा मानव अधिकारको लागि महिला एकल महिला समुहको आयोजनामा जनप्रतिनिधीहरुलाइ ४ दिने उधमशिलता तालिम सम्पन्न गरेको छ । नेपालमा सिमान्कृत महिलाको आवाज र सहभागिता कार्यक्रमले कञ्चनपुर र डोटीका ४० जना जनप्रतिनिधी, एकल महिला, दलित महिलाहरुको सहभागितामा उक्त तालिम सम्पन्न गरिेको हो ।
कञ्चनपुरको बेलडाँडी गाउँपालिका र शुक्लाफाँटा नगरपालिका तथा डोटीको पूर्वीचौकी गाउँपालिका र दिपायल सिलगढी नगरपालिकाबाट सहभागीहरु आएको नेपालमा सिमान्कृत महिलाको आवाज र सहभागिता कार्यक्रमका जिल्ला कार्यक्रम संयोजक बिरबहादुर नेपालीले बताए ।
निर्वाचित महिला जनप्रतिनिधी, दलित महिला, एकल महिला, अपाड्डगता महिलाहरुलाई उधमशिलता अर्थिक सामाजिक र राजनितिक क्षेत्रमा क्षमता मा अभिवृद्धि गर्ने र राजनितिमा निरन्तरता दिनको लागि उनिहरुको उधमशिलतालाई अभिवृद्धि गर्ने र परिवारका अन्य सदस्यलाई व्यापार व्यावसायमा संलग्न गराउने कार्य गरि रहेको नेपालमा सिमान्कृत महिलाको आवाज र सहभागिता कार्यक्रमका जिल्ला कार्यक्रम संयोजक नेपालीले जानकारी दिए ।
पछिल्लो समय राजनिती महड्डो हुँदै जाँदा महिलाहरु त्यसको पहँचमा पुग्न नसक्ने भएकाले आफुले व्यावसाय संचालन गर्ने र आर्थिक रुपमा सबल भयो भने, राजनितीक क्षेत्रमा पनि सबल हुन्छन् भन्ने मुख्य उधेश्य रहेको उनले बताए । साथै आर्थिक शसक्तिकरणको लागि व्यवसायमा क्रियाशिल बनाउने वातावरणको निर्माण गरिने, अािर्थक शसक्तिकरणको लागि आय आर्जनका क्रियाकलापमा संलग्न गराउने, जसको लागि समुहमा बचत ऋण परिचालन गर्ने तथा व्यावसाय गर्नका लागि अनुदान रकम दिने योजना पनि रहेको उनले बताए ।
नयां सम्बैधानिक कानुन अनुसार स्थानीय सरकारका निति नियमहरु केके हुन् जनप्रतिनिधीको भुमिका राष्टिय कानुन के के हुन भन्ने क्षेत्रमा पनि काम गरिरहेको उनले बताए ।
उक्त तालिममा सहभागि जनाएका सबै महिलाहरुले आफनो क्षेत्रमा गएर आफुले गर्ने व्यावसायको परिकल्पना निर्माण गरि आफनो क्षेत्रमा व्यासाय गर्ने प्रस्ताव पनि निर्माण गरेको उनले बताए ।
डोटीको पूर्विचौकी गाउँपालिकाकी कार्यपालिका सदस्य स्मृती चुनारा विकले ४ दिने तालिम उपलब्धी मुलक रहेको बताईन् तालिमले राजनिती क्षेत्रमा आउनको लागि आर्थिक अवस्था पनि बलियो हुनु पर्ने भएकाले व्यावसाय पनि गर्नु पर्ने सिकाएको उनले बताईन् ।
तालिमबाट आफनो व्यावसयलाई कसरी सफलता तिर लैजान सकिन्छ, व्यावसाय गर्दा कसरी परिकल्पना गर्ने, व्यावसया सुरुवात गर्दा कस्तो किसिमको मुल्य मान्यता बनाउने लागत अनुमान कसरी निर्माण गर्ने धन्ने विषयमा जानकार भएका बताईन् ।
महिला जनप्रतिनिधी हुँदा चुनौती पनि धेरै रहेको थियो, तर ति चुनौतीहरुलाई पार गर्दै, दलित महिलाका आफनै समस्या तथा चुनौती रहेका थिए, ति चुनौतीलाई चिर्दै आफनो लागि आफैले शसक्त हुनुपर्दछ भन्ने मानसिकता बोकी र संस्थाको कार्यक्रमले पनि आफनो हौसला बढाएकोले अहिले यो स्थानमा पुगेको उनले बताईन् ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी