२०८१ मंसिर ८, शनिबार
महेन्द्रनगर:
दार्चुलाका १० वटा बस्ती स्थानान्तरणका लागि गृह मन्त्रालयलाई आग्रह गरिएको छ । दुहुँ गाउँपालिकामा बाढीपहिरोका कारण क्षतविक्षत बस्तीहरू स्थानान्तरणका लागि जिल्ला विपद् व्यवस्थापन समितिले गृह मन्त्रालयलाई अनुरोध गरेको हो । बाढी र पहिरोले जमिन भासिएर बस्न जोखिम भएकाले विभिन्न ठाउँका १० वटा बस्ती स्थानान्तरणका लागि मन्त्रालयलाई आग्रह गर्ने निर्णय गरेको छ । भदौ १३ को बाढी र पहिरोले दुहु गाउँपालिका–२ का नरोली, अफरे, बथ्थोली, अङिरखाड, वडा ५ का सिमार, नागचौपाती, मखमाली, दमाउढुंगा, चुच्चौगाडा र वडा ३ को श्रीबगड बस्तीमा जमिन भासिएर चिरा–चिरा भएको थियो । बिहीबार बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले उक्त क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा बसोबासका लागि बस्ती स्थानान्तरण गर्न सम्बन्धित निकाय समक्ष पहल गर्ने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । दुहु–२, ३ र ५ वडामा बाढीपहिरोका कारण धनजनको क्षति भएको थियो । क्षतिग्रस्त बस्तीहरू नरोली, राता, गुना, अफरे, बथ्थोली, सिमार, सुत्खोलाबाहेकका बस्तीहरूमा पनि जमिन भास्सिने क्रम नरोकिएको दुहु गाउँपालिकाका अध्यक्ष पुलेन्द्रबहादुर कार्कीले बताए । जमिन चिराचिरा भएर क्षति पु¥याइरहेकाले भौगर्भिक अध्ययनका लागि भूगर्भ विभागको टोली गृह मन्त्रालयमार्फत सम्बन्धित निकायमा अनुरोध गर्ने निर्णयसमेत विपद् व्यवस्थापन समितिको बैठकले निर्णय गरेको छ ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी