२०८१ मंसिर ८, शनिबार
महेन्द्रनगर :
सुदूरपश्चिममा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । सेती अस्पतालमा उपचाररत दुई कोरोना सक्रमितको मृत्यु सेतीे अस्पतालले जनाएको छ । मृत्यु हुनेमा बझाङको शुर्मा ४ का ७७ वर्षीय पुरुष र शुर्मा २ का ४० वर्षीय पुरुष रहेको अस्पतालले जारी गरेको प्रेस नोटमा उल्लेख गरिएको छ । यस्तै अस्पतालको प्रयोगशालामा सोमबार थप ३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । बितेको २४ घण्टामा १६२ जनाको नमूनाको कोरोना परिक्षण गरिएकोमा ३६ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै १२६ जनाको रिपोर्ट निगेटिभ आएको छ । पछिल्लो २४ घण्टामा ५ जना संक्रमित निको भई घर फर्किएका छन् । हाल अस्पतालमा ९ जना कोरोना संक्रमितको उपचार भइरहेको छ । जसमध्ये ४ जनाको आइसियु र २ जनाको भेन्टिलेटरमा उपचार भईरहेको जनाएको छ ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी