२०८१ मंसिर ९, आईतबार
कञ्चनपुरको महाकाली प्रादेशिक अस्पताल सुधारोन्मुख तर्फ उन्मुख भईरहेको छ । विगत तीन बर्षको तुलनामा दुई बर्षदेखि महाकाली अस्पताल सुधारको बाटोमा गएको एक अध्ययनले देखाएको छ । स्वाथ्य सेवा निर्देशनालयले हरेक बर्ष गर्ने अस्पतालको न्यूनतम सेवा मापदण्ड अनुगमन फलोअप तथा स्कोरिङ्गमा महाकाली अस्पताल विगतको तुलनामा दोब्बर सुधार भईरहेको छ । आर्थिक बर्ष २०७५÷०७६ मा ३५ अंक पाएको महाकाली अस्पतालले दोस्रो बर्ष २८ ले बृद्धि गदै आर्थिक बर्ष २०७६÷०७७ मा ६३ र गत आर्थिक बर्ष २०७७÷०७८मा अघिल्लो बर्षको तुलनामा ३ अंकले बृद्धि गर्दै ६६अंक पु¥याएको छ । मंगलबार स्वास्थ्य निर्देशनालयले आयोजना गरेको महाकाली अस्पताल व्यवस्थापन तथा सुदृढिकरण कार्यक्रम अन्र्तरगत न्यूनतम सेवा मापदण्डको अनुगमन तथा मुल्याङकन कार्यक्रममा महाकाली अस्पताल विगतको तुलनामा सुधार एव सेवा विस्तार बृद्धि भएको अध्ययनले देखाएको छ । अध्ययन स्वाथ्य सेवा निर्देशनालयले ओपिडी तथा आकस्मिक सेवा सहितको समग्र सेवा एव व्यवस्थापन पक्षमा बृद्धि भएको जनाएको छ । अस्पताल व्यवस्थाप समितिको साकारात्मक धारण तथा मेहनत, विशेषज्ञ तथा चिकित्सक सेवा विस्तार, कर्मचारी दैनिक काममा प्रतिबद्ध, संघीय प्रदेश सरकारबाट बजेट पाईएको उल्लेख गरिएको छ । कार्यक्रममा महाकाली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशी(बोक्सर)ले अस्पताल सुधारका लागि संघ, प्रदेश सरकारको सहयोग आवश्यक रहेको औल्याए । उनले अस्पतालमा प्रर्याप्त बजेट तथा स्रोत साधन भए सत प्रतिशत अंक ल्याउन सकिने बताए । समाजिक विकासमन्त्री लाल बहादुर खडकाले प्रदेशस्तरको अस्पताल भएको आवश्यक बजेट दिने आश्वासन दिनुभयो ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी