२०८१ मंसिर ९, आईतबार
महेन्द्रनगर :
शुक्लाफाँटा नगरपालिका – ८ का वडाध्यक्ष बहादुरसिंह महराले कार्यपालिका बैठकको निर्णय पुस्तिका च्यातेका छन् । वैठक सुचारु हुनुपुर्व नै बैठकको निर्णय पुस्तिका (माइन्युट) वडाध्यक्षले च्यातेको शुक्लाफाँटा नगरपालिकाका नगर प्रवक्ता तथा वडा नं –५ का वडाध्यक्ष कमलराज गिरीले बताए । बुधबार नगरको सभाहलमा ११४ औं कार्यपालिका बैठक बसेको अवस्थामा ११ बजेतिर उनले उक्त निर्णय पुस्तिका (माइन्युट बुक) च्यातेको प्रहरीको मुचुल्कामा उल्लेख गरिएको छ । नगरपालिकामा हुने शोषण, दमन, अत्याचार, भ्रष्टाचार, अनियमितता र विभेदकारी नीतिविरुद्ध पटकपटक लिखित रूपमा ध्यानाकर्षण गराउँदा पनि नगर कार्यपालिका जिम्मेवार नभएपछि निर्णय पुस्तिका च्यातेको अध्यक्ष महराको भनाई रहेको छ । ‘अहिले अन्तिम चेतावनी स्वरूप कार्यपालिकाको निर्णय पुस्तिका च्यातिएको छ ।’ उनले भने, ‘पटकपटक लिखित रुपमा गम्भीर ध्यानाकर्षण गराउँदा पनि नीति तथा कार्यक्रम र बजेटमा जनताका भावना र चाहना नसमेटने गरेकोले यस्तो गरेको हुँ ।’ ‘बिरोधले बिद्रोह को रुप लिन्छ, बिद्रोह भए बिनास हुन्छ, आजको घटना ट्रेलर मात्रै हो ।’ उनले भने,बाकी ‘शुक्लाफाँटा नगरपालिका को बेथिति पिडित जनसमुदाय हरुले नै न्याय गर्नेछन् ।’ यो कदमलाई कमजोरी सम्झि उल्लेखित हर्कतहरु दोहोरिए थप सङघर्षमा उत्रिन बाध्य हुने उनले चेतावनी समेत दिएका छन् ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी