२०८१ मंसिर ८, शनिबार
कैलाली :
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले मुक्त कमलरीका समस्या समाधन गर्न प्रदेश सरकारले सक्दो सहयोग गर्ने बताएका छन् । बिहीबार मुक्त कमलरी विकास मञ्चले बुझाएको ज्ञापनपत्र बुझ्दै उनले मुक्त कमलरीको समग्र विकासका लागि प्रदेशबाट हुने समस्या समाधन प्रदेश सरकारले गर्ने र केन्द्रबाट हुने समस्या समाधान केन्द्रलाई सिफारिस गरिने बताए । मुक्त कमलरीलाई प्राविधिक शिक्षा र सीप विकासका लागि सुदूरपश्चिम प्रदेश सरकार सधैँ प्रयासरत रहने उनले बताए । उनले मुक्त कमलरीको वास्तविक तथ्याङ्क सङ्कलन गरी उनीहरुको माग अनुसारका सीपमूलक तालिम प्रदान गरेर जीवनस्तरमा सुधार ल्याउन आवश्यक रहेको बताए । प्राविधिक शिक्षा र सीप विकासका लागि विकास मञ्चका लागि भवन निर्माणको व्यवस्था गर्न सकिने तर जग्गा आफैँ खोज्नुपर्ने उनको भनाई छ । मुक्त कमलरीलाई सहकारीका माध्ययमबाट पनि सहयोग गर्न सकिने उनले बताए । मञ्चका कैलाली जिल्ला अध्यक्ष विन्द्रा चौधरीले प्राविधिक शिक्षा र सीप विकासका लागि एक हजार ४ सय ७४ मुक्त कमलरीको नामावली सङ्कलन गरी मुख्यमन्त्री भट्टलाई बुझाएको बताए । कैलाली जिल्लामा ४ हजार भन्दा बढी मुक्त कमलरी रहेकामा सरकारी परिचयपत्र मात्र पाएकाको सङ्ख्या दुई हजार ५०० मात्र रहेको जनाइएको छ । रासस
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी