२०८१ मंसिर १०, सोमबार
महेन्द्रनगर:
कञ्चनपुरका वालवालिकामा कुपोषणको अवस्था भयावह रहेको पाईएको छ । जिल्ला स्वास्थ्य कार्यालयले श्रावण र भाद्र महिनामा गरेको सर्वेक्षणमा जिल्लामा कुपोषित वालवालिकाको अवस्था बढदै गएको तथ्यांक देखाएको छ । शुक्रवार जिल्ला स्वास्थ्य कार्यालयमा पत्रकार सम्मेलन गर्दै आफनो २ महिनामा गरेको सर्वेको छलफलमा कञ्चनपुरमा कुपोषित वालवालिको संख्यामा वृद्धि भएको देखिको कुपोषण सम्पर्क व्यक्ति केशव जोशीले जानकारी दिएका छन् । नेपाल सरकारको नियमित कार्यक्रम अन्र्तगत ६ महिना देखी ५९ महिनाका वालवालिकामा जिल्लामा रहेको स्वास्थ्य चौकीहरुले गरेको सर्वेक्षणमा २ महिनाको अवधीमा ९५ जना वालवालिकामा कडा खालको कुपोषण र ५ सय ७ जनामा मध्यम खालको कुपोषण गरेर जम्मा ६ सय २ जना वालवालिकामा कुपोषण देखिएको कुपोषण सम्पर्क व्यक्ति जोशीले बताए । अहिले वालवालिकाहरु कुपोषणको शिकार भएपछि शारिरिक अवस्थाको वृद्धि र विकासमा कमी हुने, कम तौल हुने, उचाईमा पनि कमी हुने, ख्याउटे जस्तो देखिने, आँखामा समस्या , कान सुन्नेमा कमी जस्ता समस्या देखा पर्ने देखिएको उनले बताए । जिल्ला स्वास्थ्य कार्यालयले आफनो कर्मचारीहरुलाई स्वफुर्तरुपमा आफनो नजिकको समुदायमा सर्वेको लागी पठाएको थियो । जस्मा कञ्चनपुरमा कुपोषणको अवस्थामा बढोत्तरी भएको पाइर्एको हो । कोरोना आएसंगै लकडाउन भएपछि आर्थिक अवस्था कमजोर भएका तथा अन्य समुदायमा पनि कुपोषणको अवस्था बढदै जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख शिवराज सुनारले बताए । यो बेलामा सबै भन्दा बढी वालवालिकामा बढी असर पर्न गएको र यो समयमा अभिभावकहरुले पोषण युक्त खानामा ध्यान नदिएर वालवालिकामा कुपोषणको अवस्थामा बढोत्तरी देखिएको उनले बताए । पोषण तत्वको असन्तुलनको कारणले अहिले वालवालिकामा कुपोषणको समस्या देखा परेको छ । स्वास्थ्य चौकीमा सांकेतिक टेपको मापनको आधारमा हरियो अंकले राम्रो पहेलोले मध्यम र रातोले जोखिम भन्ने देखाउने र उक्त अवस्थाका वालिवालिकाहरु जोखिम अथवा कुपोषित देखिएमा अस्पतालले निशुल्करुपमा पोषणयुक्त खाना खुवाएर उपचार पनि गर्ने गरेको महाकाली प्रादेशिक अस्पतालका पोषण पुर्नस्थापनाका प्रमुख ईन्द्रा भटटले बताईन् । वालवालिकाहरुको वौद्धिक विकास जन्मेपछि २ वार्ष सम्म पुर्ण रुपमा विकसित हुने भएकाले सानै देखी आफनो वालवालिकाहरुलाई पौष्टिक आहारहरुको मात्रा मिलाएर खुवाउनु पर्ने कुपोषण सम्पर्क व्यक्ति केशव जोशीले बताए । २ महिनामा गरिएको सर्वेक्षणमा देखिएको कुपोषणको अवस्था |
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी