२०८१ मंसिर ९, आईतबार
महेन्द्रनगर । भारतको उत्तराखण्ड राज्यस्थित पिथौरागढ जिल्लाको जाजरदेवलमा नेपाली बालिकामाथि बलात्कार गर्ने युवकलाई भारतको अदालतले फाँसीको सजाय दिएको छ । ४ बर्षीय सौतेली बहिनीलाई बलात्कार गरेको आरोपमा पिथौरागढ प्रहरीले नेपालको बझाङ घर भई हाल पिथौरागढको जाजरदेवल बस्दै आएका ३१ बर्षीय युवालाई अदालतले फाँसीको सजाय दिएको हो ।
भारतीय पत्रिका अमर उजालाका अनुसार ती पुरुष ३ अप्रिल २०२१ मा पक्राउ परेका थिए । गाउँमा बुवाआमाको मृत्युपछि सौतेली बहिनी दाईसँग पिथौरागढमा बस्दै आएको बताइएको छ । पिथौरागढको जाजरदेवल थानाका एसआई मेघा शर्माले घटनाको जाँच गरि अदालतमा आरोपपत्र दर्ता गरेका थिए ।
प्रमाण र बयानका आधारमा आरोप पुष्टि भएपछि पिथौरागढ जिल्ला न्यायधीश डा.ज्ञानेन्द्रकुमार शर्माको एकल इजलासले शुक्रबार आरोपीलाई फाँसीको सजाय सुनाएको हो । उक्त सजाय भारतीय अपराध दण्ड संहिताको धारा ३७६ ए र बी अनुसार सुनाइएको जनाइएको छ ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी