२०८१ मंसिर १०, सोमबार
नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्र्तरगत शनिबार भएको स्थानीय तहको अधिवेशन अन्र्तरगत कञ्चनपुरका ९ स्थानीय तहमा नेतृत्व चयन भएका छन । बेलडाँडी गाउँपालिका, दोधाराचाँदनी नगरपालिका, शुक्लाफाँटा नगरपालिका, लालझाडी गाउँपालिका, भीमदत्त, बेदकोट, बेलौरी, पूनर्वास, र कृष्णपुर नगरपालिकामा नेतृत्व चयन भएका हुन । बेलडाँडी गाउँपालिका नेपाली काँग्रेस बेलडाँडी गाउँ कार्य समितिको लागि भएको निर्वाचनमा ८५ मत खसेका थिए जस्मा ३ मत बदर भएका थिए भने,४५ मत लिएर गजबहादुर विष्ट सभापतीमा निर्वाचित भएका छन् । उपसभापतीमा टिकाराम खडका, सचिवमा धनबहादुर रोकाया, सहसचिवमा देहुराम चौधरी रहेका छन् । लालझाडी गाउँपालिका श्रीकृष्ण रानाले आफ्ना प्रत्यासी राजेश रानालाई झण्डै दोब्बर मतले पछादै गाँउ सभापतिमा निर्वाचित भएका हुन । श्रीकृष्णले ६३ र राजेश रानाले २७ मत ल्याएका थिए । काँग्रेस कञ्चनपुरका नेता गोपाल गुरुङ्गले कुल ९३ मतदाता मध्ये ९० मत खसेको बताए । १ मत बदर भएको छ । उप सभापतिमा बिर बहादुर विष्ट, लक्ष्मण राना, सचिवमा रामेश विष्ट, मेघ राना, सह सचिवमा शिवनारायाण चौधरी र राम बहादुर चौधरी निर्वाचित भएका छन । कृष्णपुर नगरपालिका कृष्णपुरमा विष्णू खडका नगर सभापतिमा निर्वाचित भएका छन । उपसभापतिमा रामकृष्ण जोशी, कर्ण बहादुर सिंह सचिवमा महेन्द्र बिष्ट, दिल बहादुर सिजाली र सहसचिवमा रमेश भण्डारी, कुशालसिंह साउद निर्विरोेध चयन भएका हुन ।नगर उप सभापतिमा देबराज जोशी र हशिर सिह कुँबर आएका छन् । नगर सचिवमा हिमालय चन्द र हरेन्द्र कुमार भण्डारीको उम्मेवारी परेको छ । यसैगरी सह सचिवमा तारादत्त अवस्थी र ध्रवराज पन्त उम्मेदवार भएका छन् । शुक्लाफाँटा नगरपालिका शुक्लाफाँटा नगर समितिको सभापतिमा दान बहादुर ऐर निर्विरोध भएका छन् । काँग्रेसको १४ औं महाधिवेशन अन्र्तगत शनिबार नगर सभापतिमा ऐर एक्लैको उम्मेदवारी परेपछि उनी निर्विरोध भएका हुन् । नगर सभापतिमा निर्विरोध भएका ऐर काँग्रेस संस्थापनको एनपी साउँद समूहका हुन् । शुक्लाफाँटा नगरपालिका को नगर समितिमा समेत अन्य पदाधिकारीहरु पनि साँउद समूहकै आएका छन् । नगर उप सभापतिमा देबराज जोशी र हरि सिह कुँबर आएका छन् । नगर सचिवमा हिमालय चन्द र हरेन्द्र कुमार भण्डारी,यसैगरी सह सचिवमा तारादत्त अवस्थी र ध्रवराज पन्त गरि ७ सदस्यहरु निर्बिरोध चयन गरिएको नगर सभापति दान बहादुर ऐर ले बताए। दोधाराचाँदनी नगरपालिका दोधाराचाँदनीमा रमेश लेखक प्यानल, शुक्लाफाँटा र कृष्णपुर नगरपालिकामा एनपी साउद प्यानल निर्विरोध निर्वाचित भएका हुन । नेपाली काँग्रेस कञ्चनपुरका प्रचारप्रसार विभाग प्रमुख चक्र महताले तीनै पालिकामा सभापति सहितका पदाधिकारी निर्विरोध चयन भएको बताए । अन्य ६ पालिकाहरुमा निर्वाचन भईरहेको छ । सहमती हुन नसकेपछि चुनाव भईरहेको छ । भीमदत्त नगरपालिका भीमदत्तमा अच्युत राज कलौनी नगर सभापतिमा निर्वाचित भएका छन । यसैगरी उपसभापतीमा शुसिलकुमार भटट। सचिवमा नितुभटट भण्डारी, सहसचिवमा केशब दत्त पाण्डेय निर्वाचित भएका छन् । बेलौरी नगरपालिकामा नेपाली काँग्रेस बेलौरी नगरपालिकाको सभापतिमा पेपुराम चौधरी निर्वाचित भएका छन । चौधरीले आफ्ना निकटतम प्रतिद्वन्दी विक्रम बहादुर चन्दलाई १० मतको अन्तरले हराउँदै सभापतिमा निर्वाचित भएका छन । चौधरीले ९० र चन्दले ८० मत ल्याएका थिए । उप सभापतिमा दिपक सिह विष्ट ९६, योग बहादुर चन्द, सचिव कन्यैया राना ८५, भुपेन्द्र बहादुर शाही ८९, सह सचिव नरेन्द्र सिह विष्ट ८१, राजेन्द्र सिह राईले ८७ मत ल्याएको काङ्ग्रेस नेता हरेन्द्र सिंह बिष्टले जनाए । उप सभापतिमा चन्द्र कुँवर ९१, भोजराज भट्ट ७४, सचिवमा पवन नेपाली ७४, अमुत बोहरा ७६, सह सचिवमा भुवन अर्याल ८३, लक्ष्मीदेवी पातली ८०मत ल्याएका छन । नेतृत्व रमेश लेखक निकट भने केही पदाधिकारीमा एनपी साउद पक्षमा आएको नेताहरुले बताएका छन । पुनर्वास नगरपालिका पुनर्वास नगरपालिकामा शुकबहादुर तामाङ निर्वाचित भएका छन् । कृष्णपुर नगरपालिका कृष्णपुर नगर समितिमा विष्णु खड्का निर्वाचित भएका छन् ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी