२०८१ मंसिर १०, सोमबार
महेन्द्रनगर :
कञ्चनपुरमा सुरक्षित गर्भपतन गराउनेको सङख्या बढदै गएको पाईएको छ । जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरले दिएको तथ्याङ अनुसार जिल्लामा सुरक्षित गर्भपतन गाराउने महिलाको सङख्या बढदै गएको जनाएको छ । आईतवार सुरक्षित गर्भपतनको अधिकार मौलिक हक सुनिश्चितताको आधार मुल नारा रहेको सातौ राष्टिय सुरक्षित गर्भपतन दिवशका अवसरमा सम्बन्धित निकाय, सेती महाकाली नर्सिङ क्यम्पसका विधार्थी, पत्रकारहरुको सहभागितामा उक्त तथ्याङ प्रस्तुत गरिएको थियो । स्वास्थ्य कार्यालयका अनुसार २०७५÷७६ मा २ हजार १३ जना, ७६÷७७ मा २ हजार १ सय ७६ र ७७ ÷७८ मा २ हजार १ सय ९९ जनाले सुरक्षित गर्भपतन सेवा लिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रजनन सम्पर्क व्यक्ति कपिलदेव जोशीले जानकारी दिएका छन् । यी मध्ये सुरक्षित गर्भपतन गराउनेमा ९० जना २० वर्ष मुनिका र २ हजार १ सय ९ जना २० बर्ष माथिका रहेका बताइएको छ । नेपाल परिवार नियोजन संघ शाखा कञ्चनपुरका प्रवन्धक वाशुदेव विष्टले महिलाहरुको हक अधिकार संग गाँसिएको प्रजनन स्वास्थ्यको सुरक्षार्थ महिलाले पाउनु पर्ने गर्भपतनको अधिकारलाई सुनिश्चित गर्न यो दिवश मनाईएको बताए । बिभिन्न मेडिकल अस्पतालहरु जे सुचिकृत नभएका ठाँउबाट असुरक्षित रुपमा गर्भपतन गर्ने र नेपाल सरकारले सूचिकृत गरेका स्वास्थ्य संस्थामा गएर सुरक्षित रुपमा गर्भपतन गर्न हौसला प्रदान गर्नको लागि कार्यक्रम गरिएको उनले बताए । पछिल्लो समय गर्भपतनलाई परिवार नियोजनको वैकल्पिक उपायको रुपमा लिईने गरेको पाईएको र वारम्वार गरिने गर्भपतनले महिलाहरुको स्वास्थ्यमा नराम्रो असर पर्ने र पाठेघरमा क्यान्सर हुने खतरा बढदै जाने भएकाले यो गर्भपतनलाई परिवार नियोनको उपाय नठानी दिन जिल्ला स्वास्थ्य कार्यालयका प्रजनन सम्पर्क व्यक्ति कपिलदेव जोशीले आग्रह गरे । अहिले ५० प्रतिसत गर्भपतन अबैधानिक तवरले गरिने भएकाले नेपाल सरकारले स्ुचिकृत गरेका स्वास्थ्य संस्थामा मात्रै जान उनले अनुरोध समेत गरेका छन । २०५९ साल असोज १० गते मुलुकी ऐनका ११ संसोधनबाट नेपालमा विषेश अवस्थामा गर्भपतन गर्न कानुनी अधिकार दिएको भएपनि पछिल्लो समयमा बिभिन्न मेडिकल अस्पतालहरुले अबैधानिक तवरले गर्भपतन गर्ने गरेको भएपनि उक्त गर्भपतनले स्वास्थ्यमा हानी नोक्सानी गर्ने तथा सुरक्षित नभएको नेपाल परिवार नियोजन संघ शाखाका प्रवन्धक विष्टले बताए । जिल्लामा ९ ओटा सुचिकृत संस्थाबाट सुरक्षती गर्भपतन सेवा प्रवाह भइरहेको बताइएको छ । सुचिकृत संस्थाहरुमा तालिम प्राप्त स्वास्थ्यकर्मीहरु हँुदा सुरक्षित गर्भपतन गराउन पनि सहज भएको छ । उक्त कार्यक्रमको अध्यक्षतामा जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख शिवराज सुनार प्रमुख अतिथीमा नेपाल परिवार नियोजन संघका सभापती ,तथा सेती महाकाली नर्सिङ क्याम्पसका बिधार्थी पत्रकारहरुको सहभागिता रहेको थियो ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी