२०८१ मंसिर ६, बिहिबार
गुरु बन्दना-
गुरु मन्दिर हाै गुरुदेव तिमी गुरु ज्ञान अनेक विवेक तिमी ।
गुरु ब्रह्म तिमी गुरु विष्णु तिमी गुरु राम तिमी गुरु कृष्ण तिमी ।।१।।
गुरु ज्ञान दिने गुरु नायक हाै लय गीत स्वयं अझ गायक हाै । गुरु काव्य मिठा र महाकवि हाै गुरु रात शशी दिनका रवि हाै ।।२।।
गुरु साथ गएँ र त बोल्न सकेँ अनि हिड्न र गुम्फन खोल्न सकेँ । गुरु शीर्षकमा यति लेख्न सकेँ पिरलो सजिलै सित थेग्न सकेँ ।।३।।
दुनियाँ सब यो अधियार थियोे सजिलैसित लोचन खोलि दियो । म अबोध थिएँ अविवेक थिएँ गुरुले जडता सब नासिदिए ।।४।।
उपकारक हाै अझ मित्र तिमी मृदु ज्ञान सुयोग्य चरित्र तिमी । गुरु मन्त्र प्रदायक दीक्षक हाै गुरु उच्च पदस्थ छ शिक्षक हाै ।।५।।
गुरुकै सरि खै बनुँला कसरी गुरुझैँ रचना उनुँला कसरी ? गुरुजी हर शिल्प सुशोभित छाै हर कर्म गरी नित हर्षित छाै ।।६।।
गुरु यो भव सागर तारन हे अब जीवन सार्थक पारन हे । गुरु आशिष निम्ति म पाउ परेँ गुरुका पदमा सय ढोग गरेँ ।।७।।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी