२०८१ मंसिर १०, सोमबार
महेन्द्रनगर:
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले पश्चिमी सिमा नाका गड्डाचौकीमा तालिम प्राप्त लिलि” नामक कुकुरलाई परिचालन गरेको छ । चाडपर्वलाई लक्षित गरि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले गड्डाचौकी नाकामा तालिम प्राप्त कुकुर परिचालन गरेको हो । सीमा क्षेत्रमा हुन सक्ने अपराधिक क्रियाकलाप रोक्ने उद्देश्यले तालिम प्राप्त एउटा कुकुर मार्फत चेकजाँच थालिएको हो । चाडपर्व विशेष सुरक्षा योजना अन्तर्गत प्रहरीले सोमवारबाट गड्डाचौकी नाकामा तालिम प्राप्त कुकुर परिचालन गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता डिएसपी शिद्धराज न्यौपाने जानकारी दिएका छन् । नेपाल–भारत सीमा नाका खुला रहेका कारण जुनसुकै बेला पनि प्रतिबन्धित वस्तु भित्रिन सक्ने भएकाले त्यसलाई नियन्त्रण गर्नका लागि कुकुर मार्फत चेकजाँच गरिरहेको प्रहरी प्रवक्ता डिएसपी न्यौपानले जानकारी दिएका छन् । नाका भएर प्रतिबन्धित अवैध हातहतियार, विष्फोटक पदार्थ, लागुऔषध भित्रिन सक्ने र चाडपर्वका बेला शान्ति सुरक्षामा चुनौती हुन सक्ने भएकाले कुकुरको प्रयोग गरेर चेकजाँच गरिएको उनले बताए । प्रयोगमा आएको कुकुर लागुऔषध पदार्थहरु पत्ता लगाउनमा दक्ष रहेको प्रवक्ता डिएसपी न्यौपाने जानकारी दिए । कुनै व्यक्ति वा अपराधिक गिरोहले लागुऔषध वा हतियार, विष्फोटक पदार्थ लुकाइ छिपाई ल्याउने कार्य गरेको खण्डमा तालिम प्राप्त कुकुरले सजिलै पत्ता लगाउने प्रहरीले बताएको छ । सीमा क्षेत्रमा लागूऔषधको ओसारपसार र नेपाली कामदारलाई नशालु पर्दाथ खुवाएर लट्ने लगायतका अपराधका घटनाहरु प्छिल्लो समयमा बढदै ग्ईरहेको पाईएको छ । खुल्ला सीमाना भएका कारण चाडवाडका बेला हुन सक्ने लागुऔषधको ओसार–पसार लगायतका अपराधिक घटना मध्ये नजर गर्दै तालिम प्राप्त कुकुर परिचालन गरिएको बताए । गड्डाचौकी नाकामा तालिम प्राप्त कुकुर लिलिले चेकजाँच गर्दै ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी