२०८१ मंसिर ९, आईतबार
महेन्द्रनगर:
डडेल्धुराका युवाहरुले अबको समय भनेको राजनीतिमुखि भन्दा युवामुखि समाज निर्माण हुनुपर्ने कुरा औालाएका छन् । अमरगढी युवा बिशेष छलफल तथा दशैँ शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी भएका युवाहरुले राजनीतिमुखि भन्दा युवामुखि समाज निर्माण हुनुपर्ने बताएका छन् । जिल्लाको अमरगढी नगरपालिका –४ खलंगा घर भई हाल जापानमा रहेका युवा विनय प्रकाश मल्लको सहयोग र अमरगढी युवा एकता टिम डडेल्धुराको समन्वयमा उक्त कार्यक्रम सम्पन्न भएको हो । देशमा भईरहेको राजनीतिक घटनाक्रमहरूले युवाहरु पछिल्लो समय विभिन्न पार्टीका नेताहरुको ललाई फकाईमा लागेको भन्दै अब युवाहरु राष्ट्रका लागि स्वतन्त्र भएर काम गर्नु पर्ने कार्यक्रममा सहभागीहरुले औल्याएका थिए । कार्यक्रममा तेस्रो मुलुक जापानबाट भिडियो कन्फ्रेन्समा बोल्दै समाजसेवी युवा विनयप्रकाश मल्लले अब युवाहरु देश र जनताका लागि स्वच्छ निष्पक्ष र मितव्ययी तरिकाले अगाडि बढ्नु पर्ने बताए । वडा दशैँ तथा तिहारको अवसरमा शुभकामना प्रदान गर्दै युवाहरुले अबका दिनमा राजनीतिमुखि भन्दा युवामुखि समाज निर्माण गर्नु पर्ने धारण राखेका थिए । अबको निर्वाचनमा नागरिकलाई समाजवादी नेता चाहिएको हुँदा देश र जनताका लागि काम गर्ने नेतृत्व युवाहरुले पाउनु पर्ने तर्क थियो । कार्यक्रममा समाजसेवी तथा युवा कवि उमेशप्रसाद अवस्थी आदर्शले डडेल्धुराको इतिहास युवाहरुले राम्रोसंग अध्ययन गरी भावी सन्ततिलाई यो ठाउँको बारेमा ज्ञान दिन जरुरी रहेको बताए । उनले देशको समसामयिक विषयमा बोल्दै इतिहास रट्नु भन्दा आफूहरुले रच्नु पर्नेमा जोड दिए । कार्यक्रममा अमरगढी युवा एकता टिम, डडेल्धुराका विभिन्न पदाधिकारीहरूले आ–आफ्नो धारणा राखेका थिए ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी