२०८१ मंसिर ८, शनिबार
भीनपाको शिक्षा शाखामा ८ दिनदेखि तालाबन्दी
महेन्द्रनगर ।
कञ्चनपुरको भीमदत्त नगरपालिकाका प्रमुख सुरेन्द्र विष्टले नियम विपरित एवम् विद्यालयको हित विपरित आफ्ना मान्छे छानीछानी शिक्षक दरबन्दी मिलान गरेको नेपाल शिक्षक संघ भीमदत्त नगर कार्यसमितिकले जनाएको छ । गत महिना ३१ गते नगर शिक्षा समितिले गरेको शिक्षक दरबन्दी मिलान विधि र नियम विपरित गरिएको नेपाल शिक्षक संघ कञ्चनपुरका सचिव नविन सिंह धामीले बताए । ‘भीमदत्त नगरपालिकाको नगर शिक्षा समितिले शिक्षक दरबन्दी मिलान तथा व्यवस्थापन कार्यविधि २०७६ विपरित गरेको छ ।’ सचिव धामीले भने ‘दरबन्दी मिलान कार्यविधि अनुसार हुनु पर्दछ तर यहाँ मेयर विष्ट र नगर शिक्षा समितिका अन्य सदस्यले विधि र नियम विपरित आफ्ना मान्छे छानीछानी दरबन्दी मिलान गरेका छन् ।’ उनका अनुसार कुनै विद्यालयमा दरबन्दी काट्नु पर्ने ठाउँमा नकाटेको र कुनै विद्यालयमा नकाट्नु पर्ने ठाउँमा काटेर आफ्ना मान्छेको व्यवस्थापन गरिएको छ । ‘यहाँ कुनै विद्यालयमा दरबन्दी नकाट्नु पर्ने ठाउँमा नियम विपरित काटेका छन् र काट्नु पर्ने ठाउँमा काटेका छैनन् ।’ सचिव धामीले भने ‘मेयर विष्टले आफ्ना मान्छेलाई छानीछानी दरबन्दी मिलान गरेर विद्यालयको हित विपरित काम गरेका छन् ।’ उनले अगाडी थपे ‘मेयरले शिक्षक दरबन्दी मिलान नियम विपरित मनपरी तरिकाले गरेर दरबन्दी मिलानको नाममा राजनिति गरिरहेका छन् ।’ नगरपालिकाले दरबन्दी नियमाअनुसार गरेको भए आफुहरुले ३१ गतेको निर्णय सार्वजनिक गर्न निवेदन दिदाँ पनि सार्जजनिक नगरिएको उनले बताए । ‘यदि नगरपालिकाले दरबन्दी मिलान नियमानुसार गरेका छन् भने किन ३१ गतेको निर्णय सार्वजनिक गर्न निवेदन दिदाँ पनि सार्वजनिक गरिएन रु’ सचिव धामीले भने ‘हामीले हाम्रो मान्छे बचाइदिनु पर्यो भनेका छैनौँ, हामीले त नियम अनुसार दरबन्दी मिलान हुनु पर्यो र नियम अनुसार भए त्यो सार्वजनिक गरिनु पर्यो भनेका छौ ।’ आठ दिन देखी शिक्षा शाखामा तालाबन्दी नेपाल शिक्षक संघ कञ्चनपुरले शिक्षक दरबन्दी मिलान नियम विपरित गरिएको भन्दै भीमदत्त नगरापालिका शिक्षा शाखामा साउन ३ गते देखी तालबन्दी गरि धर्नानामा बसेका छन् । मेयर विष्टको नेतृत्वमा शिक्षक दरबन्दी मिलान नियम विपरित गरिएकोले नेपाल शिक्षक संघले शिक्षा शाखामा ताला लगाएको सचिव धामीले बताए । ‘दरबन्दी मिलान मनपरि ढङगले गरिएकोले साउन ३ गते देखी हामीले शिक्षा शाखामा ताला लगाएका हौ ।’ धामीले भने ‘ कार्यालयमा ताला लगाइएको छ । तर यहाँका कर्मचारीहरु घर र झोलाबाट काम गरिरहेका छन् ।’ उनले अगाडी थपे ‘हाम्रो माग सम्बोधन गर्नुका साटो झोलाबाट आफ्ना मान्छेलाई दरबन्दी मिलान पत्र पठाइरहेका छन् ।’ यता सो विषयमा शिक्षा शाखा प्रमुख हरिदत्त जोशी संग कुरा बुझन खोज्दा फोन सम्पर्क हुन सकेन ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी