२०८१ मंसिर ८, शनिबार
महेन्द्रनगर:
आइतबार बेलुकादेखि भइरहेको वर्षाका कारण कञ्चनपुरका अधिकांस वस्ती डुबानमा परेका छन् । महाकाली नदीमा पानीको सतह बढेपछि तटीय क्षेत्रका वस्ती डुबानमा परेका हुन् । बिहान ६ बजेतिर महाकाली नदीमा पानीको सतह ४ लाख ३७ हजार ३ सय १३ क्युसेक पुगेको छ ।
महाकाली नदीको पानी गाउँ पस्दा भीमदत्त नगरपालिका र दोधाराचाँदनीमा गरि १ सय ५० भन्दा बढी घर डुबानमा परेको प्रहरी जनाएको छ । भीमदत्त नगरपालिकाको ओदाली र ऐरीका करिब १ सय घर र दोधारा चाँदनीको कुतियाकबर, शान्ती टोल तथा निसानी टोलमा गरि ६० घर डुबानमा परेका छन् ।
महाकाली नदी तटीय क्षेत्रका बस्ती डुबानमा परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता सिद्धराज न्यौपानेले बताए । ‘ब्रह्मदेव बजारदेखि झोलुङ्गे पुलसम्म नदी किनारका बस्तीमा पानी पसेको छ,’ उनले भने, ‘अहिलेसम्म मानवीय क्षति भएको छैन् ।’ उद्धारका लागि प्रहरी तथा सशस्त्र प्रहरी परिचालन गरिएको कञ्चनपुर प्रहरीले जनाएको छ ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी