२०८१ मंसिर ७, शुक्रबार
खाना पकाउने ग्यासका ४५० वटा भरिएका सिलिण्डर बोकेर गुडिरहेको ट्रकमा चट्याङ पर्दा निकै भिषण विष्फोट भएको छ । यो भयानक दुर्घटनामा परेर पनि ट्रकका चालक भने बाँच्न सफल भएका छन् । समाचार एजेन्सी पीटिआइका अनुसार भारतको राजस्थान राज्यको जयपुर कोटा हाइवेमा पर्ने भीलवाडाको हनुमान नगरमा दुर्घ:टना भएको हो ।
गुडिरहेको ट्रकमा चट्याङ परेपछि ट्रक सडकमै पल्टिएको थियो । ट्रकमा ४५० वटा भरिएका सिलिण्डर थिए । ट्रक पल्टिएपछि आगो लाग्यो र र सिलिण्डरहरु विष्फोट हुन थाले ।
एकपछि अर्को गर्दै करिब अढाइ भण्टासम्म सिलिण्डर विष्फोट भइरहे । यो दुर्घटनाको १५ घण्टा पछिसम्म पनि हाइवे बन्द रहेको समाचारमा जनाइएको छ । बुधबार बिहान कोटा, अजमेर र जयपुर जाने यात्रीहरुलाई रोकेर डाइभर्ट गरी जहाजपुर हुँदै बसोली मोडमा निकालियो ।
बुधबार बिहान घटनास्थलमा पुलिस तैनाथ रह्यो । ग्यास कम्पनीका कर्मचारी पनि बोलाइयो । त्यसपछि आसपासका क्षेत्रबाट सिलिण्डरका टुक्रा बटेल्ने काम भइरहेको छ । ड्राइभर र सहयोगीको देवलीको अस्पतालमा उपचार भइरहेको छ।
यो दुर्घटनापछि आगो यति भीषण थियो कि आगोका ज्वाला ५ देखि ७ किलोमिटर टाढासम्म देखिएका थिए । विष्फोटमा सि:लिण्डरहरु उछिट्टिर आधा किलोकिटर टाढासम्म पर पुगेर खसेका थिए ।
देवली नगरपालिकाको दम:कलका कर्मचारी दिनेशका अनुसार घटनास्थलबाट १५० किलोमिटर टाढा उभिन पनि निकै कठिन भइरहेको थियो । दमकल पनि घटनास्थलको नजिक जान सकेको थिएन । ट्रक ड्राइभर बिजेठा निवासी ३५ वर्षका सतराज मीणाले जसोतसो भागेर ज्यान बचाए । यद्यपि उनको हात र शरीर कैयौं ठाउँमा पोलिएको छ ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी