२०८१ मंसिर ७, शुक्रबार
उद्योग बाणिज्य संघले महाकाली अस्पताललाई अक्सिजन सिलिन्डर वितरण गरेको छ । संघले मंगलबार एक कार्यक्रम गरि अस्पताललाई २ सय अक्सिजन लिलिन्डर वितरण गरेको हो । तेस्रो चरणको कोरोनालाई लक्षित गरि अक्सिजन सिलिन्डर वितरण गरिएको संघका अध्यक्ष जंगबहादुर मल्लले बताए । ‘स्वास्थ्य मन्त्रालयले तेस्रो चरणको कोरोना आएको बताउँदै तयारी गर्न आग्रह गरेको छ | उनले भने, ‘त्यसैको तयारीका लागि अक्सिजन सिलिन्डर वितरण गरिएको हो ।’ महाकाली अस्पतालसँग संघले गरेको सम्झौता अनुसार अहिलेसम्म ५०० सिलिन्डर वितरण गरिएको उनी बताउँछन् । कञ्चनपुरका व्यवसायीहरुको सहयोगमा अक्सिजन सिलिन्डर खरिद गरिएको अध्यक्ष मल्लले बताए । ‘कोरोनाका कारण हामी व्यवसायी पनि प्रभावित भएका छौं,’ उनले भने, ‘तर, पनि हामी कोरोना रोकथामका लागि पहल तथा सहयोग गरिरहेका छौं ।’ कोरोना रोकथामका लागि सबैको सहयोग आवश्यक रहेको उनको भनाई छ । ‘सबै नागरिकले जनस्वास्थ्यका मापदण्ड पालना गर्नुपर्छ,’ उनले भने, ‘सरकारले पनि स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएर काम गर्नुपर्छ ।’
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी