२०८१ मंसिर १०, सोमबार
महेन्द्रनगर:
कञ्चनपुरको महाकाली प्रादेशिक अस्पताललाई मङ्गलबार दुई थान भेन्टिलेटर हस्तान्तरण गरिएको छ । स्वास्थ्य, वातावरण र जलवायु कार्य फाउण्डेसनले अस्पतालका डा अर्जुन भट्टलाई भेन्टिलेटर हस्तान्तरण गरेको हो । स्वास्थ्य, वातारण र जलवायु कार्य फाउण्डेसनका बोर्ड डाइरेक्टर श्रीरामसिंह बस्नेतले कोरोना भाइरस सङ्क्रमितको उपचारमा सहज होस् भनेर स्वास्थ्य मन्त्रालय र स्वास्थ्य सेवा विभागसित समन्वय गरेर विभिन्न सरकारी अस्पताललाई २६५ थान भेन्टिलेटर हस्तान्तरण गरिएको बताए । उनले आफूहरुको संस्थाले कोरोना कहरमा विभिन्न दातृ निकायसित समन्वय गरेर स्वास्थ्य सामग्री वितरण गरिएको बताए । फाण्डेसनले बिहीबार धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा पाँच थान भेन्टिलेटर प्रदान गर्ने कार्यक्रम रहेको छ । थप दुई थान भेन्टिलेटर थपिए सँगै महाकाली अस्पतालमा १४ थान भेन्टिलेटर पुगेको अस्पतालले जनाएको छ ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी