२०८१ मंसिर ९, आईतबार
महेन्द्रनगर:
कञ्चनपुरमा नेपाल भारत मैत्री बस पुनः सञ्चालनमा आएको छ । कोरोना कहरका कारण बिगत १९ महिना देखि बन्द रहेका नेपाल भारत मैत्री बस शुक्रवारबाट पुनः संचालनमा आएका हुन । स्वास्थ्य सुरक्षाको पुर्णरुपमा पालना गरेर अहिले महेन्द्रनगरबाट दिल्लीसम्म जानको लागि यात्रूहरुलाई सहज हुने महाकाली यातयात बस व्यावसायी समितीका अध्यक्ष डम्वर पन्तले जानकारी दिएका छन् । तत्कालको लागि भारतबाट मात्रै बसहरु नेपालमा आउने तर नेपालका बसहरु भारतमा जान को लागि केही समय लाग्ने अध्यक्ष पन्तले बताए । विगतमा नेपालीहरुलाई भारतिय सवारी साधनहरुले चर्काे भाडा असुलेर तथा कतिपय नेपालीहरुलाई लुटपाट गर्ने गरेको भएपनि अब नेपाल भारत मैत्री बसहरु संचालन भए पछि उक्त समस्या पनि हटेर जाने उनले बताए । नेपालबाट भारत जानको लागि यात्रुहरुले भारु ७ सय १० रुपैँया तिर्नुपर्ने छ ।
तस्विरः पुस्कर भटट
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी