२०८१ मंसिर ८, शनिबार
महेन्द्रनगर:
बाजुरामा डेढ बर्षपछि जातीय विभेद गरेका व्यक्तिलाई अदालतले ५ हजार जरिवाना तोकेको छ । दलित समुदाय तथा दलित पत्रकारहरुमाथि सामाजिक संजाल मार्फत जातीय विभेद गर्ने बाजुराको बुढीगंगा नगरपालिका १० भण्डार गाउँका वर्ष ३५ का सत्यराज जैशीलाई बाजुरा जिल्ला अदालतले ५ हजार जरिवाना सहितको फैसला सुनाएको हो । जातिपातिको आधारमा छुवाछुत तथा भेदभाव गर्न नहुने मुद्धामा बाजुरा जिल्ला न्यायाधीश माधवप्रसाद घिमिरेको ईजालासले प्रतिवादी सत्यराज जैशीबाट रू ५ हजार जरिवाना असुल गर्नु भनि फैसला गरेको राष्ट्रिय दलित पत्रकार संघ बाजुरा शाखाका अध्यक्ष मदन विकले बताए । जैशीले मिति २०७७ असार १ गते राति १० बजेको समयमा सिंगो बाजुरा जिल्लाका दलित समुदाय र यहाँ पत्रकारलाई लक्षित गरी जातिपातिको आधारमा छुवाछुत वा भेद्भावपूर्ण व्यवहार हुने गरी सामाजिक लेखेका थिए ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी