२०८२ बैशाख ७, आईतबार १५ : २४ : २६
अनलाइन ओटीटी र गेम बन्द गर्न संसदमा आवाज | सांसद आशाकुमारी बिकले सरकारसँग आग्रह गरेकी छिन्। मंगलबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै उनले त्यस्ता गेम बन्द गर्न आग्रह गरेकी हुन्। उनले भनिन्, ‘इन्टरनेट प्रयोग बढेको छ, यो खुशीको कुरा हो। तर, पब्जी र फ्रि फायर जस्ता खेलको लतमा बालबालिका परेका छन्। उनीहरुमा डराउने, झस्किने, जिद्दीपना जस्ता अनौठो बानी देखिएको छन्। पछि गएर मानसिक रोगी बन्न सक्छन्। त्यसैले अनलाइन गेम बन्द गरियोस्।’ सरकारले यी गेम बन्द नगरे अभिभावक नै न्याय खोज्दै अदालत जानुपर्ने दिन आउने उनले बताइन्। विकले पब्जी, फ्रि फायरलगायतका अनलाइन गेम तथा बेटिङहरु बन्द गर्न सरकारले नियामक निकायलाई निर्देशन दिनुपर्ने माग राखेकी हुन् । राष्ट्र बैंकको निर्देशनमा आजैदेखि अनलाइन बेटिङ प्लेटफर्महरु बन्द भएका छन् ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
paschimaaja@gmail.com
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी
सम्पादक: भूपी उपाध्याय