२०८१ माघ २, बुधबार
काठमाडौं । नेपालगन्ज विमानस्थलमा जहाजसँग बँदेल ठोक्किएको छ । नेपालगन्जबाट हुम्लाको सिमकोट उड्ने क्रममा सीता एयरको डोर्नियर विमानमा तीन वटा बँदेल ठोक्किएको हो ।
नेपालगन्ज विमानस्थल प्रमुख सुवास झाका अनुसार मंगलबार बिहान ६ः२० बजे धावनमार्गमा पूर्वबाट पश्चिमतर्फ टेकअफ रोल (उडानका लागि गुडिरहँदा) गर्ने क्रममा सीताको डोर्नियर विमानमा तीन वटा बँदेल ठोक्किएका थिए ।
बँदेल ठोक्किएपछि चालकदलले तीव्र गतिमा गुडिरहेको जहाजको टेकअफ रिजेक्ट गरेका थिए । अहिले जहाजलाई धावनमार्गबाट पार्किङमा ल्याइसकिएको छ । सीता एयरका वरिष्ठ महाप्रबन्धक धनश्याम आचार्यले घटनालगत्तै मंगलबार बिहान काठमाडौंबाट प्राविधिकहरुको टोली जहाज मर्मतका लागि पठाएको बताए ।
उक्त जहाजमा तीन जना चालक दलका सदस्यसहित १४ जना यात्रु थिए । टेकअफ रिजेक्ट गर्दा यात्रुलाई केही पनि नभएको सीता एयरले जनाएको छ । नेपालगन्ज विमानस्थलका अनुसार, बँदेल ठोक्किएपछि ‘डिजेवल–एयरक्राफ्ट’ लाई क्रेनले तानेर पार्किङ क्षेत्रमा ल्याइएको थियो । जहाजलाई पार्किङ क्षेत्रमा ल्याउँदा र धावनमार्ग सफाई गर्दा दुई घन्टा नेपालगन्ज विमानस्थल बन्द गरिएको थियो ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी
सम्पादक: भूपी उपाध्याय