२०८१ मंसिर ८, शनिबार
महेन्द्रनगर । बाजुराको मार्तडी कोल्टी सडक खण्ड ५ महिना पछि संचालनमा आएको छ । बर्षायामको समयमा असार पहिलो हप्ताबाट अबरोध भएको मार्तडी कोल्टी सडक सोमबारबाट संचालमा आएको हो ।
जिल्ला प्रशासन कार्यालयबाट लगातार ठेकेदारहरुलाई ताकेदा दिए पछि तिहारको मुखैमा आएर सडक संचालन गर्न सकिएको सहायक प्रमुख जिल्ला अधिकारी समिर भण्डारीले जानकारी दिएका छन् ।
तिहारको समयमा यात्रुहरुलाई आवत जावतमा समस्या नहोस र तिहारको बेला बिषेश गरि कोल्टी क्षेत्रका नागरिकले सहज रुपमा दैनिक उपभोग्य साम्रगी हरु उपलब्ध होस भन्ने उदेस्यका साथ संचालनमा ल्याईएको सहायक प्रमुख जिल्ला अधिकारी भण्डारीले बताएका छन् ।
असार पहिलो साताबाट अबरोध भएको सडक केही दिन अगाडीको मौशमी पानी पुर्न भन्दा पहिला मार्तडी नजिकैको बाउली खोलाबाट सुचारु भएको भए पनि सो समयमा कच्ची सडक भएकोले ठाउँ ठाउँमा भत्तकीए संगै पु्न सोमबारबाट सुरुचारु भएको बताएका छन् ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी