२०८१ मंसिर ८, शनिबार
दोधारा:
महाकाली नदी र जगबुडा नदीमा आएको बाढीको कारण नदीको भंगालो दोधारा चा“दनी नगरपालिका वडा नं. १० कुतियाकवर, शान्ती टोल, बैतिफा“टा, सुर्खेती टोल, प्रधान टोल लगाएत बस्तीहरुमा पसेको झण्डै एक महिना पुग्ने लागेको छ् । गत महिनाको ३१ गते देखि तीन दिन सम्म अविरल लागेको वर्षाले महाकाली नदी र जगबुडा नदीमा बाढी आउदा नदीको भंगालो बस्तीमा पसेपछि कुतियाकवर, शान्ती टोल, बैतिफा“टा, सुर्खेती टोल, प्रधान टोल लगाएत बस्तीहरुमा घर संगै लत्ताकपडा अन्नपात तथा खेती योग्य जग्गा सबै नास गरिदियो । घरमा पालेका भैसी, गाई, बाख्रा, कुखुरा बाढीमै बगे । झण्डै १ हजार घरपरिवारको बिचल्ली पर्यो । ओत लाग्ने घर भत्कीए पछि कुतियाकवरका माया देबी सुनार भत्केको घरमा टालटुल गर्दै आश्रय लिइरहेकी छन् । दाताहरुले दिएको आटो, चामलले आफु र आफ्नो छोरी आरती सुनारलाई आधा पेट दिन बिताउदै आएका छन् । ‘न बस्ने बास रहयो न अन्न हामी त बर्बाद भयौं, लुटियौं’ माया देबी सुनारले दुखेशो पोखे । कुतियाकवरकै मोतिलाल सुनारको अवस्था पनि उस्तै छ् । बाढीले घरको भित्ता भत्काईदिएको छ् । बस्तुभाउ बा“ध्ने गोठ र कुखुराको खोर भत्किएको छ् । घरको आ“गनमा झण्डै ६ फिट पानी आएपछि उनको घर पनि तहसनहस बनाएको छ् । अन्न भण्डारण गरीएको भकारी नदीले आफु संगै लग्यो ।
अब बालबच्चालाई के खुवाएर पाल्ने चिन्ता थपिएको छ् । मोतिराम सुनारको घर अहिले पनि हिले पानी सुकेको छैन । धान चामल लत्ताकपडा हिलोमा मिसिएर कामै नलाग्ने भएको छ् । ‘न घर भकारी बा“की रह्यो न खेतमा रोपेको धान । अन्नै नभएपछि अबको गुजारा कसरी गर्ने । केटाकेटीलाइ के खुवाएर पाल्ने दिमागले केही सोच्नै सकेको छैन’ मोतिराम सुनारले भने । बाढीले कुतियाकवर बस्तीमा ४२ घरधुरीमा महाकाली नदीले आफ्नो बाटो बनाएर हिड्यो । उनिहरुको घर आ“गनमा ठुला–ठुला खाल्डो बन्यो । ठुला–ठुला सल्लाका गोलिया घरमा घुसेर घरनै भत्काईदियो । अधिकांश घरमा पनि भेल बाढी पस्यो । अधिकांश घर डुबानमा परेपछि आश्रयका लागि ठा“उ खोज्दै केही त भारतमा समेत आश्रय लिन उनिहरु बाध्य भए । अहिले आएर घर आ“गनमा नदीको पानी सुकेको छ् । कुतियाकवरको दैनिकी अस्तव्यस्त भएको छ । घर भित्रै कम्मर सम्म पानी भरिदा चिसोले चुलो जलाउन सकिरहेका छैनन् । हुनेले खाटमा चुलो बालेर केटाकेटीलाई दुई छाक खुवाएका छन् । घर भत्केकाहरुको त झन बिजोग छ् । बालबालिका र बृद्धबृद्धाको बिचल्ली भएको छ् । बाढीले बालबालिकाको किताब कापी बगाएपछि उनिहरु बिद्यालय जान बन्द भएको छ् ।
महाकाली नदी र जगबुडा नदी कती बेला बाढी आउछ भन्ने त्रास स्थानियहरुमा छ् । टेक बहादुर सुनारका अनुसार महाकाली नदीले झण्डै २० बिघाह भन्दा बढी खेती योग्य जग्गा कटानी गरिसकेको छ् । नदीले जग्गा काट्ने क्रम अझै रोकिएको छैन् । महाकाली नदीको बाटो कुतियावकर बस्तीमा तेस्रीएपछि अबका दिनहरुमा बाढीको बेला बस्तीमा बस्ने अवस्था नरहेको टेक बहादुर सुनार बताउछन् । भारतको उत्तर प्रदेश संग सिमा क्षेत्रमा गा“सिएको कुतियाकवर बस्तीलाई बचाउन उचित तटबन्ध गर्न सरकार चुकेकै हो । अबका दिनहरुमा महाकाली नदीमा थोरै बाढी आउने बित्तिकै कुतियाकवर बस्ती नदी संगै बग्ने प्राय निश्चित भएको छ् । सिंगो बस्ती विपत संग जुझीरहदा दोधारा चा“दनीमा सरकारको उपस्थिति भने शुन्य छ् । अहिले सम्म न प्रदेश तथा संघ सरकारले चा“सो दिएको छ न स्थानीय सरकारले । बाढी गएपछि संघ–संस्था र ब्यक्तीगतरुपमा नगरपालिका कार्यालय मार्फत कुतियाकवर लगाएत बस्तीमा राहत दिदै आएको उनिहरुले बताएका छन् । बाढी र डुबानको पिडामा दोधारा चा“दनी नगरपालिका कुतियाकवर, शान्ती टोल, बैतिफा“टा, सुर्खेती टोल, प्रधान टोल लगाएत बस्तीहरु छटपटाईरहदा सरकार पक्षले खासै चा“सो नदेखाएको स्थानियहरुको गुनासो छ् । ‘कुतियाकवरबासीलाई महाकाली नदीले सोहोरेर लगेपनि सरकार, नेता, मन्त्री कसैलाई केही फरक नपर्ने रहेछ’ स्थानियबासीको आक्रोश ताजै छ् । दोधारा चा“दनीको बाढीको पिडामा तिनवटै सरकारले बेवास्ता गरेको देख्दा आफूहरु बिक्षिप्त बनेको स्थानियहरुको गुनासो बढ्दो छ् ।
झण्डै एक हजार घरधुरी रहेको कुतियाकवर, शान्ती टोल, बैतिफा“टा, सुर्खेती टोल, प्रधान टोल लगाएत बस्तीहरुमा विपत व्यवस्थापनका लागि यस अघि कुनै खालको पूर्व तयारी गरेको देखिदैन । वर्षेनी बाढी र डुबानको चपेटामा परेपनि यहा“ उद्धारको निम्ती एक वटा सामुदायिक किस्ती समेत यस पटक देख्न पाईएन् । बाढीमा पसेकाहरुलाई घण्टौं पछि मात्र नेपाली सेनाको एक टोलीले उद्धार गर्यो । उद्धारको लागी हेलिकप्टर आउछ भने पर्खेका स्थानियहरुले आकाशमा हेर्या–हेर्यै रहे । बाढी र डुबानमा परेकालाई उद्धार गरेर राख्ने सुरक्षित स्थाननै छैन ।
दोधारा चा“दनी नगरपालिका–१० मा सुरक्षामा खटिएका सशस्त्र प्रहरीकै विओपी बाढीमा पूर्ण रुपमा डुबानमा परेपछि हतियार जोगाउन अम्बिका माध्यमिक बिद्यालयकै शरण पर्नु पर्यो । कुतियावकर तथा आसपास बस्तीमा पक्की तटबन्ध नहुदा वर्षेनी नदी कटान बढीरहेको छ् । अबका दिनहरुमा महाकाली नदीको बाढी बस्ती पस्यो भने कुतियाकवर बस्तीको अन्तिम लडाई हुने छ् । यस पटक बाढी र डुबानको सबै भन्दा बढी चपेटामा दोधारा चा“दनी नगरपालिका पर्यो । दोधारा चा“दनीका बस्तीहरुमा बाढीको कारण धनमालको ठूलो मात्रामा क्षति भएको छ् । धन्न मानविय क्षती हुनबाट भने जोगियो । सरकारी सेवा प्रवाह नहुने घाम जत्तिकै छर्लङ्ग छ् । यस्तो जस्तोसुकै विपत्तिमा पनि नागरिक आफैं सामना गर्न बाध्य छन् । राज्यको तर्फबाट केही हुदैन । सरकार केवल मूकदर्शक हुन्छ्् । बाढी पिडितहरुको बुझाई बन्दै गएको छ् ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी